Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको नाफा चार अर्ब पाँच करोड

विहीबार, ०७ मंसिर २०७४, ०७ : ५० मा प्रकाशित

नेपाल टेलिकमको नाफा चार अर्ब पाँच करोड

अर्थ संसार, काठमाडौं - नेपाल टेलिकमले आर्थिक वर्ष २०७४र७५ को पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार टेलिकमको आम्दानीमा गिरावट आएको छ।

यो वर्षको पहिलो त्रैमासिकमा कम्पनीले चार अर्ब पाँच करोड ६५ लाख ३८ हजार रुपैयाँ खुद नाफा गरेको उल्लेख गरेको छ। टेलिकमको अघिल्लो वर्षको यही अवधिको खुद नाफाको तुलनामा भने झन्डै नौ करोड रुपैयाँले कमी आएको हो।

पुँजी आधार, प्रविधि र कमाइका आधारमा बलियो कम्पनीका रूपमा रहेको नेपाल टेलिकमको गतवर्ष चार अर्ब १४ करोड २९ लाख ५३ हजार रुपैयाँ खुद नाफा गरेको थियो, जुन यो वर्षको तुलनमा आठ करोड ६४ लाख १५ हजार रुपैयाँले बढी हो। प्रतिशतका आधारमा हेर्ने हो भने टेलिकमले गतवर्षको तुलनामा २।०८ प्रतिशतले आफ्नो खुदा नाफा गुमाएको छ।

यसरी एक्कासि कम्पनीको आम्दानीमा गिरावट आउनुको प्रमुख कारणका रूपमा कम्पनीको फ्रिक्वेन्सी शुल्कमा आएको परिवर्तन भएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यको भनाइ छ। पहिला फ्रिक्वेन्सीमा टूजी चलाउँदा लाग्ने शुल्कमा ‘फ्रिक्वेन्सी न्युट्रालिटीुबाट फोरजीको सेवा सुरु गरेसँगै त्यसमा लाग्ने शुल्कमा समेत वृद्धि भएको छ।

‘अहिले कम्पनीले १५ मेगाहर्जमा पाँच मेगाहर्जबाट मात्रै फोरजी सेवा विस्तार गरे पनि शुल्क भने १५ मेगाहर्जकै फोरजीको रेटमा बुझाउनुपरेको छु, वैद्यले भनिन्, ‘गतवर्षभन्दा १।५ गुणाले बढी शुल्क तिर्नुपरेको छ।ु

यस वर्ष कर्मचारीको तलबका साथै अलाउन्सेसमा पनि वृद्धि भएको वैद्यले बताइन्। सेवा विस्तारमा क्रममा लागेको लागतमा आएको ‘डिप्रिसिएसनुको असर पनि यो वर्षको पहिलो त्रैमासिकमा देखिएको छ। यसले पनि टेलिकमको आम्दानीमा कमी भएको हो। टेलिकमले सार्वजनिक गरेको यो आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार टेलिकमले सबैभन्दा बढी आम्दानी सेवा बिक्री गरेर गरेको छ।

  
दूरसञ्चार सेवाप्रदायक कम्पनीका रूपमा रहेकाले कम्पनीको प्रमुख आम्दानीको स्रोत नै सेवा बिक्री हो। टेलिकमको कुल आम्दानीको ९१ प्रतिशत आम्दानी नै सेवा बिक्रीबाट भएको छ।

यो आवमा टेलिकमको कुल आम्दानी भने ११ अर्ब ८३ करोड ६६ लाख ९७ हजार रुपैयाँ छ। यसमा दूरसञ्चार सेवा ९सर्भिस० मार्फत बाट मात्रै १० अर्ब ५८ करोड ६७ लाख ९४ हजार रुपैयाँ आम्दानी भएको छ। अन्य शीर्षकबाट एक अर्ब २४ करोड ९९ लाख दुई हजार रुपैयाँ आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख छ।

टेलिकमले यो वर्ष मर्मतसम्भार, कर्मचारी रिटायरमेन्ट, ग्राहक, जीएसएम मोबाइल लाइसेन्स तथा ग्राहक शुल्क डिपोजिट लगायत शीर्षकमा ठूलो रकम छुट्याएको छ। यसलाई टेलिकमले दीर्घकालीन दायित्वका रूपमा राखेको छ।

१५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको टेलिकमको जगेडा कोषमा ८१ अर्ब ५७ करोड ६५ लाख ७९ हजार तीन सय ७९ रुपैयाँ छ। ९१.४९ प्रतिशत सरकारको, ४।४४ प्रतिशत सर्वसाधारण, ४.०४ प्रतिशत कर्मचारी र ०।०३ प्रतिशत नागरिक लगानी कोषको सेयर स्वामित्व रहेको कम्पनीको प्रतिसेयर आम्दानी एक सय आठ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ ६ सय ४३ रुपैयाँ ८४ पैसा छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको