Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन आचारसहिंता विपरीतका सामग्री सम्प्रेषण नगर्न आग्रह

बुधबार, ०६ मंसिर २०७४, २१ : ३९ मा प्रकाशित

निर्वाचन आचारसहिंता विपरीतका सामग्री सम्प्रेषण नगर्न आग्रह

अर्थ संसार, काठमाडौँ–प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी सामग्री सम्प्रेषण नगर्न पत्रकार र आमसञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले आज अपिल जारी गर्दै कतिपय आमसञ्चार माध्यमले आचारसंहिता विपरीत समाचार सम्प्रेषण गरेकोले निर्वाचन आचारसहिंताको प्रतिकूल हुने गरी समाचार सम्प्रेषण नगर्न पत्रकार र सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको हो ।

काउन्सिलले आमसञ्चार माध्यममा आचारसंहिता पालनाको अनुगमनसमेत शुरु गरेको छ । अनुगमनका क्रममा कतिपय रेडियो र टेलिभिजनले राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने, निर्वाचन आयोगले तोकेको समयसीमाभन्दा बढी विज्ञापन प्रसारण गर्ने गरेको, कतिपय पत्रपत्रिकाले तोकिएको आकारभन्दा बढीको विज्ञापन छाप्ने गरेको उल्लेख गरिएको छ ।

त्यसैगरी कुनै कुनै सञ्चारकर्मीले सामाजिक सञ्जालमार्फत पार्टीकै कार्यकर्ताले झैँ उम्मेदवारको प्रचार गरेको पाइएको हुँदा त्यस्तो कार्य नगर्न, नगराउन र पत्रकार तथा निर्वाचन आचारसंहिताको अधिनमा रही समाचार सामग्री सम्प्रेषण आग्रह गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको