Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको अनावश्यक हल्ला शान्त हुँदै , यसरी बढ्दैछ कारोबार

बुधबार, ०६ मंसिर २०७४, १९ : ३८ मा प्रकाशित

सेयर बजारको अनावश्यक हल्ला शान्त हुँदै , यसरी बढ्दैछ कारोबार

अर्थ संसार, काठमाडौँ, कहिले घट्ने त कहिले बढ्ने सेयर बजारको चलन जस्तै भएको छ । पछिल्लो पटक अनावश्यक रुपमा फैलाइएका हल्लाका कारण बजार प्रभावित भएको छ । वामगठन्धनको नाममा फैलाइएको हल्लाका कारण लगानीकताृमा बढी संसय पैदा भएको छ ।

लगानीकर्ताले बजार संग्लिनुपर्ने धारणा राख्दै आएका छन् । राजनीतिक रुपमा चलाइएका अनावश्यक हल्लाका कारण उनीहरु लगानी गर्ने कि नगर्ने भन्नेमा पुगेका छन् । तर वामगठन्धनको नाममा विरोधीले चलाएको हल्ला भने तथ्यको नजिक नभएको पाइएको छ ।

राजनीतिक स्वार्थ प्रेरित केही स्वार्थी समूहले बजारलाई प्रभावित पार्ने गरी अनेकन हावादारी फण्डा निकालेका छन् । मुलुक निर्वाचनको संघारमा छ । अब मुलुकले राजनीतिक स्थिरतासहितको सरकार पाउँदैछ । जनताले पहिलो पटक विकास र समृद्धिको अभियान पूरा भएको सपना देख्न थालेका छन् ।

वामगठन्धन नै समृद्धिको खास आधार हो भन्नेमा दुईमत रहन सक्देन । तर जनतालाई भ्रममा राख्ने र अनावश्यक रुपमा प्रचार प्रसार गराउने प्रवृत्तिको सेयर बजारको विषयमा अनेकन हल्ला फिजाएका छन् । जुन तथ्य भन्दा विल्कुल बाहिर रहेको छ ।

लगानीकर्ता राम्ररी सम्हालिएपछि साताभर उतार चढाब देखिएको शेयर बजार आज बुधबार भने बढेको छ । नेप्से परिसूचक ८.०२ अंकले बढेर एक हजार ४८०.२६ अंकमा उक्लिएको छ ।  क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.९६ अंकले बढेर ३११.९६ अंकमा उक्लिएको छ।

सूचक बढेपनि औषत कारोबार रकम भने घटेको छ । १५९ कम्पनीका नौ लाख ३१ हजार कित्ता शेयर ३४ करोड ८२ लाख रुपैयाँमा किनबेच भएको स्टकले जनाएको छ ।

हिजो मंगलबार  ३५ करोडको कारोबार भएको थियो ।  पछिल्लो समय बजारमा औसत कारोबार ५० करोडको हुने गरेको थियो । आज सबैभन्दा बढी सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर दुई करोड ६५ लाख रुपैयाँमा कारोबार भयो ।      

कुल नौ समुहको कारोबारमा ६ समूह बढेका छन् भने दुई समूह घटेका छन ्। व्यापार  समुहमा कुनै परिबर्तन नभएको स्टकको भनाइ छ ।  बैंक ०.६, होटल १.७४, विकास बैंक ०.३९, जलबिद्युत १.११, बीमा ०.७१ र लघुवित्त ०.३८ प्रतिशतले बढेको छ ।  फाइनान्स ०.०२ र अन्य ०.१ प्रतिशत घटेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको