Like us!
Follow us!
Connect us!
Watch us!

फर्पिङमा हितमानले भने –कम्युनिस्ट फुटेकाले काँग्रेसले फाइदा उठायो, अब त्यस्तो हुँदैन

बुधबार, ०६ मंसिर २०७४, १५ : ३१ मा प्रकाशित

फर्पिङमा हितमानले भने –कम्युनिस्ट फुटेकाले काँग्रेसले फाइदा उठायो, अब त्यस्तो हुँदैन

अर्थ संसार, काठमाडौँ –  नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य हितमान शाक्यले देशमा दुई ठुला गठबन्धन हुनाले देशभरका जनतामा नयाँ उत्सहा र उमङ्ग पैदा भएको बताउनुभएको छ ।

दक्षिणकाली नगरपालिकाको डल्लुमा घैरदैलो तथा कोणसभामा बोल्नुहुँदै उहाँले नेपालमा छिनछिनमा परिवर्तन हुने सरकार देखेर वाक्क भएका जनता वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा ध्रुविकृत भएको बताउनुभयो ।

प्रतिनिधिसभा काठमाडांै क्षेत्र नम्बर १० का वाम गठबन्धनका साझा उम्मेदवार हितमान शाक्यले क्षेत्र नम्बर १० ऐतिहासिक र पर्यटकीय रुपमा अति नै विशिष्ट खालको रहेको चर्चा गर्नुहुँदैनभन्नुभयो, ‘‘स्थिर सरकार नभएकै कारणले गर्दा यो क्षेत्र विकास हुन सकेको छैन, देशमा शान्ति र स्थायित्वको साथै विकास गर्ने राजनीतिक इच्छा शक्ति भए पाँचवर्षमा कायापलट गर्न सकिन्छ ।’’
वामपन्थी सरकारहरुले छुट्टाछुट्टै रुपमा छोटो समय सरकारको नेतृत्व गर्दा पनि सामाजिक तथा विकासवादी काम गरेर जनताको मन जित्न सकेको उहाँले चर्चा गर्नुभयो ।

‘भाई भाई फुटे, गवारहरुले लुटे’ भनेझै वामपन्थीहरुले फुटेकै कारणले अरु सिद्धान्त मान्ने पार्टीले यो देशलाई शासन गरेर देशलाई समृद्ध र समुन्नत बनाउनु साटो देशमा रहेका उद्योगधन्दालाई तहसनहस बनाएको आरोप लगाउनुभयो ।

जनताले सबै राजनीतिक दलहरुलाई हेरिसकेकाले यो पटक नयाँ शिराबाट उठेको वामपन्थी गठबन्धनलाई हेर्न मतदाताहरुलाई आग्रह पनि गर्नुभयो ।

कोणसभामा नेकपा (एमाले)का केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले प्राविधिक कारणले मात्र दुई पार्टीको चुनाव चिन्ह रहे पनि दुईवटै चिन्ह दुबै पार्टीको साझा भएको धारणा राख्नुभयो ।

उहाँले माओवादी केन्द्रका नेता उठेका क्षेत्रमा माओवादीलाई र नउठेका क्षेत्रमा समानुपातिकमा नेकपा (एमाले)लाई भोट दिने र माओवादी केन्द्र नउठेका क्षेत्रमा समानुपातिकमा माओवादी केन्द्रलाई मत दिन मतदाताहरुमा अपिल गर्नुभयो ।

वि.सं. २०७० सालको संविधानसभाको दोश्रो निर्वाचनमा यस क्षेत्रबाट मतदाताहरुले राम्रो समर्थन गरेको बताउँदै उहाँले त्यो समर्थनलाई दुई गुणाले बढाउन जोड दिनुभयो ।


प्रदेशसभा क्षेत्र १० ‘क’का प्रत्यक्ष उम्मेदवार दिलिप महर्जनले प्राविधिक कारणले मात्र पार्टी एकताको घोषणा हुन बाँकी रहे पनि भावनात्मक रुपमा एक भइसकेको सन्देशको रुपमा पनि आउँदो चुनावमा जनताले वाम गठबन्धनलाई जिताउने विश्वास ब्यक्त गर्नुभयो ।

‘सबै वाम, एकै ठाम’ भन्ने पूरानो नारा ब्यवहारिक रुपमा स्थापित भएको बताउँदै उहाँले युवा पलायन रोक्दै विदेशमा रहेका युवालाई स्वदेश जाम भन्ने अनुभूति हुनेगरी स्थायी सरकार बन्नेमा आफू विश्वस्त भएको बताउनुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको