Like us!
Follow us!
Connect us!
Watch us!

कागजात नपुगेका कारण पनि रोकिए हकप्रद सेयर

बुधबार, ०६ मंसिर २०७४, १० : ०० मा प्रकाशित

कागजात नपुगेका कारण पनि रोकिए हकप्रद सेयर

अर्थ संसार, काठमाडौं – आवश्यक कागजात नपुगेको तथा कानूनी प्रक्रियाका बारेमा राम्रोसँग जानकारी नराखिकन हकप्रद सेयरका लागि आवेदन दिएका कारण लगानीकर्ता कम्पनी नै समस्यामा पर्ने गरेको पाइएको छ ।

समयमै कागजी प्रक्रिया पुरा नगर्दा हकप्रद निष्कासनमा समेत  ढिलाई हुने गरेको केही तथ्यहरुबाट पत्ता लागेको छ ।
प्रभु बैंक श्रीराम सुगर मिल्स एसियन लाइफ इन्स्योरेन्स  कर्णाली डेभलपमेन्ट   श्री इन्भेस्टमेन्ट फाइनान्सलगायतका कम्पनीको आवश्यक कागजात नभएका कारण हकप्रद सेयर निस्काशनका लागि दिइएको आवेदन प्रक्रिया अगाडि बढ्न नसकेको हो ।

आवश्यक कागजात अपुग भएका कारण २० महिना अघि धितोपत्र बोर्डमा हकप्रदका निष्कासनको लागि आवेदन दिएका कम्पनीले अनुमति पाउन सकेका छैनन् ।  

लामो समयदेखि हकप्रद निष्कासनको अनुमति पर्खाइमा रहेका कम्पनीहरुको सूचीमा प्रमुख संस्थाको रुपमा प्रभु बैंक छ ।
बैंकले १९ महिना अगाडि हकप्रद निष्कासनको लागि निवेदन दिएको थियो । निवेदन दिएको  एकवर्ष पछि बोर्डले कम्पनीलाई हकप्रद निष्कासनकोलागि थप कागजात माग गरेको थियो ।

हकप्रद आवेदन गर्दा सबै संचालकको हस्ताक्षर गर्न छुटेको कागजात नपुगेको समेत पाइएको छ ।धितोपत्र निष्काशन तथा बाँडफाँड निर्दे्शिका,२०७४ अनुसार संगठित संस्थाले साधारणसभाबाट हकप्रद शेयरको निष्कासन गर्ने निर्णय गरेको दुई महिना भित्र बोर्डमा निवेदन दिनु पर्ने व्यवस्था रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको