Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस, एक विश्लेषण

बुधबार, ०६ मंसिर २०७४, ०८ : १७ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस, एक विश्लेषण

अर्थ संसार, काठमाडौं–लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनी ऐन बमोजिम स्थापना भई बीमा ऐन २०४९ बमोजिम सञ्चालित निर्जीवन बीमा कम्पनी हो ।

२०६१ साल पुस ९ गते कम्पनी रजिष्टार्ड कार्यालयमा दर्ता भई २०६२ साल साउन २ गतेबाट व्यवसाय शुरू गरेको कम्पनीले आव ०७४/७५ को प्रथम त्रैमासम्ममा रू. ३ करोड ९ लाख नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २० प्रतिशतले कमी हो ।

अघिल्लो आवको प्रथम त्रैमासमा रू. ३ करोड ८९ लाख थियो । आम्दानी घटेकाले नाफा घटेको हो । पहिलो त्रैमासमा कम्पनीको चुक्तापूँजी १ सय ३६ प्रतिशतले बढेर रू. ७८ करोड पुगेको छ । सत प्रतिशत हकप्रद शेयर निष्कासन गरेपछि कम्पनीको चुक्तापूँजी बढेको हो । जगेडा कोषको रकम रू. १२ करोड ५३ लाख बीमा कोषमा रू. ३४ करोड १५ लाख रहेको छ ।

साथै कम्पनीले १२ दशमलव ८२ प्रतिशत बोनस शेयर शून्य दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मङ्सिर १ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले विगतको अनुभवको आधारमा बीमा बजारको धरातल र जोखिमको विश्लेषण, विविधिकरण, गुणस्तरिय व्यवसायको अभिवृद्धि गरी सरल, छिटो छरितो रूपमा ग्राहकहरुलाई सेवा प्रदान गर्ने नीतिलाई निरन्तरता दिने रणनीति लिएको छ ।

वर्गिकरण : बीमा कम्पनी
पछिल्लो व्यापार मूल्यः रू.७६२
५२ हप्ताको उच्च व्यापार मूल्यः रू.१९४२
५२ हप्ताको न्यून व्यापार मूल्यः  रू.२६५
१८० दिनको भारित औसत मूल्य :रू.११२२.२९

कम्पनीको महत्वपूर्ण अनुपात :-

व्यवस्थापन समूह :-
अध्यक्ष : मनोहर दास मुल
प्रमुख कार्यकारी अधिकृत : एनपी प्रधान
प्रधान कार्यालय : ज्ञानेश्वर, काठमाडौं
शाखा : ३३
वेबसाइट : lgic.com.np
स्टक टिकर : एलजिआइएल

कम्पनीको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा) :-


 

लाभांश विवरण :-

 आधारभूत विश्लेषण :-  

कम्पनीले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :   

  • चुक्तापूँजीको तुलनामा खुद नाफा ११ दशमलव ७८ प्रतिशतबाट घटेर ३ दशमलव ९६ प्रतिशतमा सिमित भएकोे छ । हाल कम्पनीले महा विपत्ती कोषमा रू. २ करोड ९३ लाख छुट्याएको छ ।

  • कम्पनीको दीर्घकालिन लगानी तथा कर्जा यो त्रैमासमा १० प्रतिशतले बढेर रू. १३ करोड ५५ लाख र खुद चालू सम्पत्ति ६० प्रतिशत बढेर रू. १ अर्ब १ करोड ५४ लाख पुगेको छ ।

  • कम्पनीको आय रू. ७९ करोड १८ लाख र ब्यय रू. ७६ करोड ६७ लाख छ ।

  • यो त्रैमासमा रू. ३० करोड ७७ लाख बीमा शुल्क आर्जन गरेको छ । जारी बीमा लेखको सङ्ख्या ३२ हजार १ सय ३० रहेको छ ।

  • नविकरण गरिएको बीमालेखको सङ्ख्या ४ हजार ७ सय १० रहेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम रू. ३२ करोड ७६ लाख रहेको छ ।

  • कम्पनीले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक  वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी १५ दशमलव ८४, मूल्य आम्दानी अनुपात रू. ५५ दशमलव ५५, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. २ सय ७४ दशमलव शून्य ६ र प्रतिशेयर नेटवर्थ रू. १ सय ६३ दशमलव ५९ रहेको छ । मङ्गलवारको मूल्य नेटवर्थको साढे ४ गुणा छ ।

प्राविधिक विश्लेषण :-
खरीद चाप : बैङ्कको मङ्गलवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप साढे १ गुणा बढी भएको छ । सो अवधिसम्म ४ हजार २ सय १ कित्ता शेयर खरीद  र २ हजार ७ सय २७ कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।  

मङ्गलवार भएको शेयर कारोबार विवरण :-

मैनबत्ती विश्लेषण :-

 २२ अगष्ट  २०१७                             २१ नोभेम्बर  २०१७

स्ट्याण्डर्ड डेभिएशन :-
 

२२ अगष्ट  २०१७                             २१ नोभेम्बर  २०१७

आरएसआई :-
 

२२ अगष्ट  २०१७                             २१ नोभेम्बर  २०१७

मुभिङ एभरेज :-
 

२२ अगष्ट  २०१७                             २१ नोभेम्बर  २०१७

  • मैनबत्ती विश्लेषण : कम्पनीको ५३ दिनको कारोबारमा अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृती बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य बुलिशमा जाने सङ्केत गर्दछ ।

  • आरएसआई : कम्पनीको ५३ दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन (३० दशमलव १९ स्केल) मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा छ ।

  • स्ट्याण्डर्ड डेभिएसन : कम्पनीको ५३ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन १८ दशमलव ७० विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

  • मुभिङ एभरेज : कम्पनीको ५३ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने र २६ दिने औसत मूल्यरेखा तल छ । यदि हालको मूल्य रू. ७ सय ६२ देखि बजारको अवस्था परिवर्तन भइ मूल्य महँगिएमा रू. ८ सय ३८ मा प्रतिरोध पाउन सक्छ  । अभियानबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको