Like us!
Follow us!
Connect us!
Watch us!

नायब सुब्बाविरुद्ध मुद्दा दायर

मंगलबार, ०५ मंसिर २०७४, २१ : २८ मा प्रकाशित

नायब सुब्बाविरुद्ध मुद्दा दायर

अर्थ संसार, काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व विभाग करदाता सेवा कार्यालय पुतलीसडकमा कार्यरत नायब सुब्बा केशव स्थापित घर्ती मगरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

स्थायी लेखा नम्बर दर्ता खारेजी नगरी विभिन्न बहानामा सेवाग्राहीसँग घूस माग गरेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले केही दिन पहिले उहाँलाई पक्राउ गरेको थियो । 

नायब सुब्बा घर्तीले सेवाग्राहीसँग रु ६ हजार घूस मागेको आयोगले जनाएको छ । आयोगले नायब सुब्बा घर्तीलाई जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको