Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबारदेखि चमेलियाको विद्युत् राष्ट्रिय प्रसारणमा जोडिदै

मंगलबार, ०५ मंसिर २०७४, १७ : ०४ मा प्रकाशित

बिहीबारदेखि  चमेलियाको विद्युत् राष्ट्रिय प्रसारणमा जोडिदै

अर्थ संसार, काठमाडौँ– लामो समयदेखि अनेकन विवादको भूमरीमा फस्दै आएको चमेलिया जलविद्युत् आयोजनाको विद्युत् उत्पादनको अन्तिम तयारी सुरु भएको छ ।

आयोजनाले विद्युत् उत्पादन तथा प्रसारण हुने भन्दै एक सार्वजनिक सूचना मार्फत जानकारी दिएको छ ।

चमेलिया जलविद्युत आयोजनाबाट बिजुली बाल्ने काम अन्तिम चरणमा पुगेको आयोजनाले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

बिजुली बाल्नुपूर्व आयोजनाले १३२ केभी प्रसारण लाइन निर्माण गरिसकेको छ । यही विहिबारदेखि आयोजनाको विद्युत् प्रसारण गरिने सूचनामा उल्लेख छ ।

दार्चुलाको शैल्य शिखर नगरपालिका वडा नम्बर १ बलाँचदेखि बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको अत्तरियासम्म प्रशारण लाइन निर्माण सम्पन्न भएको छ ।

कुल  ४१२ वटा टावर रहेको यो प्रशारण लाइनमा विद्युत प्रवाह गर्नुअघि आयोजनाले सार्वजनिक सूचना निकालेर टावर, तार वा अन्य संरचना छुने वा चढ्ने काम नगर्न आग्रह गरेको हो ।

चमेलिया जलविद्युत आयोजनाका प्रमुख अजय कुमार दाहालले प्रशारण लाइन बनिसकेकाले विद्युत चार्ज गर्न लागिएको जानकारी दिनुभयो ।

भोलि बुधबार अर्थात डिसेम्बर १२ मा वेट टेस्ट गर्ने योजना रहेको छ । कुनै समस्या नदेखिए भोलिदेखि नै आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
 
आयोजनामा गत २९ कात्तिकदेखि पानी भर्न शुरु गरेको र हाल पानी भरिसकिएको जनाइएको छ ।

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजना ३० मेगावाट क्षमताको आयोजना हो । आयोजना चाइना गेजुवा कम्पनीले निर्माण गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको