Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमेले ५८५ मेगावाटको दुई आयोजना बनाउँदै, नागरिकलाई लगानीको अवसर

मंगलबार, ०५ मंसिर २०७४, ११ : १० मा प्रकाशित

चिलिमेले ५८५ मेगावाटको दुई आयोजना बनाउँदै, नागरिकलाई लगानीको अवसर

अर्थ संसार, काठमाडौँ –  नेपालको जलविद्युत् क्षेत्रको पायनियर कम्पनीको रुपमा स्थापित चिलिमे जलविद्युत् आयोजनाले मझौला क्षमताका दुई आयोजना बनाउने भएको छ ।

कम्पनीकाअनुसार ती आयोजनाको हाल प्राविधिक काम सुरु भएको छ ।विद्युत् विकास विभागले कम्पनीलाई कुल ५८५ मेगावाट क्षमताका दुई आयोजनाको अनुमतिपत्र दिएको छ ।

चिलिमेले सहायक कम्पनी मार्फत दुई आयोजना निर्माण गर्ने भएको हो ।चिलिमेलाई ऊर्जा मन्त्रालय मातहतको  ४२० मेगावाटको बुढीगण्डकी प्रोक र १६५ मेगावाटको बझाङमा रहेको सेती नदी ३ जलविद्युत आयोजनाको सर्वेक्षण गर्न अनुमतिपत्र  दिएकोछ ।

चिलिमेले अध्ययन गरेपछि आयोजनाको क्षमता विस्तार हुने छ । आयोजना अन्य ४ वटा आयोजनाको जस्तै सहायक कम्पनी बनाएर निर्माण गरिने छ  ।

सेयर बजारमा चिमिले जलविद्युत् कम्पनीलाई ब्लू चिप्सको रुपमा लिइने गरिन्छ ।  धेरै नागरिक चिलिमेको सेयरका कारण लखपति भएका छन् ।

आयोजना निर्माणका लागि सबै प्रकारको उपाय अबलम्बन गरिने र सार्वजनिक, निजी साझेदारीलाई समेत अवलम्बन गरिने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको