Like us!
Follow us!
Connect us!
Watch us!

कुखुराको सुलीबाट पनि विजुली !

मंगलबार, ०५ मंसिर २०७४, ०८ : १३ मा प्रकाशित

कुखुराको सुलीबाट पनि विजुली !

अर्थ संसार,  काठमाडौं – टर्की, कुखुरा तथा अन्य पोल्ट्री चराको सुलीलाई विजुली उत्पानका लागि इन्धनको रुपमा प्रयोग गर्न सकिने एक नयाँ अध्ययनले देखाएको छ ।

यस किसिमको अभ्यासले हरित गृह ग्यासको उत्सर्जन घटाउनुका साथै वैकल्पिक ऊर्जा स्रोत प्रदान गर्ने ऊर्जा इन्जिनीयरिङसम्बन्धी अनुसन्धानहरु प्रकाशित गर्ने जर्नल एप्लाइड इनर्जीको पछिल्लो संस्करणमा प्रकाशित अध्ययनले यस्तो देखाएको हो ।

यस्ता पोल्ट्रीबाट निस्केको सुलीलाई आगो समात्न सक्ने तरल बायोमासमा परिवर्तन गरेर विजुली उत्पादनमा प्रयोग गर्न सकिन्छ ।  यसरी तयार पारिएको बायोमासले विजुली उत्पादनमा प्रयोग हुने १० प्रतिशत कोइला इन्धनलाई विस्थापित गर्न सक्ने अध्ययनले देखाएको छ ।

विश्वमा भएको कुल नवीकरणीय उर्जा उत्पादन, उर्जा उत्पादनबाट बोझिलो भएको जमीनमा फलाइएको बाली, पानी तथा मलखादका स्रोतहरुको को ७३ प्रतिशत हिस्सा बायोमासले ओगटेको छ । वातावरणीय दृष्टिले हेर्ने हो भने कुखुराको सुलीलाई सुरक्षित ढङ्गले तह लगाउनु धेरै नै महत्वपूर्ण विषय बनेको इजरायलस्थित बेन गुरियन यूनिभर्सिटि अफ नेगेभ (बीजीयू) का अनुसन्धानकर्ताहरुले बताएका छन् ।

‘कुखुराको सुलीलाई तरल इन्धन, थोरै स्रोत साधन गहन र नवीबरणीय उर्जा स्रोतमा परिवर्तन गर्नु एक उत्कृष्ट विकल्प मात्र नभइ यसले जैविक इन्धनमाथिको निर्भरता घटाउन समेत सहयोग गर्छ,’ अध्ययनकर्ताले भनेका छन् । उनीहरुले बायोमासलाई अक्सिजनमा साढे ४ सय डिग्रि सेल्सियसमा विस्तारै तताएर उत्पादित बायोचारको दहन र ग्यास उत्सर्जनको स्थितीलाई अध्ययन गरे ।

त्यस्तै हाइड्रोचार चाहिँ चिसो बायोमासलाई साढे २ सय डिग्री सेल्सियससम्म तताएर तयार गरिन्छ । हाइड्रोचारका रुपमा प्रशोधन गरिएको सुलीले २४ प्रतिशत बढी खुद उर्जा उत्पादन गर्यो ।

यस्तो हाइड्रोचारले उच्च तापक्रममा कोइलाले जस्तै गरी तातोपन उत्पादन गर्न सक्ने अध्ययनमा पाइयो । यसैकारण पनि यसले कोइलालाई नवीकरणीय उर्जाका रुपमा विस्थापित गर्न सक्ने बीजीयूका अमित ग्रोसले बताएका छन् । रासस्पीटीआई

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको