Like us!
Follow us!
Connect us!
Watch us!

वाम गठबन्धनले जिते दश वर्षमा बीस हजार मेगावाट बिजुली

सोमबार, ०४ मंसिर २०७४, १८ : १५ मा प्रकाशित

वाम गठबन्धनले जिते दश वर्षमा बीस हजार मेगावाट बिजुली

अर्थ संसार, पौँदी अमराई, गुल्मी– नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले आसन्न निर्वाचनमा वाम गठबन्धनले जितेमा आगामी १० वर्षमा बीस हजार बिजुली उत्पादन हुने र विदेशमै बिक्री गर्न सकिने बताउनुभएको छ ।

“नेपालका नदीबाट पानी बगेर खेर गइरहेको छ तर हामी विदेशबाट विद्युत् निर्यात गर्न विवश छौँ, हामीले जितेमा आगामी तीन वर्षमा मुलुक विद्युत्भार मुक्त हुनेछ र दश वर्षभित्र २० हजार मेगावाट बिजुली उत्पादन गरी बिक्री गरिनेछ” – उहाँले भन्नुभयो ।

यही मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी क्षेत्र २ को निर्वाचन प्रचारमा रहनुभएका सचिव ज्ञवालीले आज मुसिकोट नगरपालिका–१ स्थित पौँदी अमराईमा आयोजित जनसभामा भन्नुभयो, “ ठूला आयोजना सञ्चालन भएमा मुलुकभित्रै रोजगारी वृद्धि भई युवालाई खाडीमा रगत, पसिना बगाउन जानुपर्ने बाध्यताको पनि अन्त्य हुनेछ ।”

नेपाली काँग्रेसका चन्द्रबहादुर केसीसँग प्रतिस्पर्धामा रहनुभएका सचिव विष्टले आफ्नो निर्वाचन क्षेत्रमा सबै घरमा एकै रङको टिनको छाना लगाउने, हरेक घरलाई निःशुल्क बाख्रा वितरण गर्ने, दलितका छोराछोरीलाई स्नातकोत्तरसम्म निःशुल्क शिक्षा दिने, जिल्लाभित्र र जिल्लान्तरका सडक बाटालाई विस्तार, मर्मत एवं निर्माण गर्ने, जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने योजना सुनाउनुभयो । काँग्रेसका केसी आज धुर्कोट क्षेमा प्रचारमा व्यस्त हुनुहुन्छ ।

सभामा नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक वीरबहादुर कार्कीले निर्वाचनपछि पार्टी एकताका साथै वाम सरकार बन्ने भएकाले समाजवाद र साम्यवादको लक्ष्यमा पुग्न सहज हुने बताउनुभयो ।

विष्टले आजै थामडाँडा, अरेवा, सिम्ले नेटा र इस्मामा आयोजित कोणसभालाई सम्बोधन गर्नुभयो ।

क्षेत्र नं। १ का प्रतिनिधिसभाका उम्मेदवार एवं एमालेका सचिव प्रदीपकुमार ज्ञवाली वीरबासमा प्रचार अभियानमा हुनुहुन्छ भने ज्ञवालीका प्रतिस्पर्धी काँग्रेसका चन्द्र भण्डारी सिमिचारका कार्यक्रममा व्यस्त रहनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको