Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल कम्युनिष्ट पार्टी चितवनका इन्चार्ज बिसी पक्राउ

सोमबार, ०४ मंसिर २०७४, ०८ : ३१ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी चितवनका इन्चार्ज बिसी पक्राउ

अर्थ संसार, चितवन– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको छ ।

नारायणगढ बजार क्षेत्रबाट बिसीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालले जानकारी दिनुभयो । चुनावी कार्यक्रममा आक्रमण गर्ने कार्यहरु बढ्दै जान थालेपछि चितवनमा त्यस्ता घटना हुन नदिन बिसीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी रुपमा चुनाव विरोधी अभियान थालेको छ । देशका विभिन्न ठाउँमा उम्मेदवारमाथि आक्रमणका घटनासमेत भएका छन् । चितवनमा शान्तिपूर्ण तवरले चुनावी अभियान सम्पन्न गर्न प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यक्रता पक्राउ गरेको जनाएको छ । यसअघि चितवन प्रहरीले टाँडी र भरतपुरबाट सोही पार्टीका दुई जनालाई नियन्त्रणमा लिएकोे थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको