Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार फेरी राताम्मै, १३ अंकले घटेको बजारमा ४५ करोडको कारोबार

आइतबार, ०३ मंसिर २०७४, १५ : ०५ मा प्रकाशित

सेयर बजार फेरी राताम्मै,  १३ अंकले घटेको बजारमा ४५ करोडको कारोबार

अर्थ संसार, काठमाडौं–  साताको पहिलो दिन आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । 

१३.३४ अंकले घटेको बजारमा ४५ करोड ५२ लाख ७ सय २९ रुपैयाँको कारोबार भएको छ ।  जम्मा १ सय ५६ वटा कम्पनीको ११ लाख ५५ हजार ६ सय ९२ कित्ता सेयर खरिविक्री भएको छ ।

नेप्सेका ९ वटा उपसमूहमा उत्पादन समूह बाहेक अरु सवै उपसमूह राताम्मै भएका छन् । उत्पादन समूह ६.८२ अंकले बढेको छ ।

यता बैंक ७.३४ अंक होटल ८५.२५ अंक, विकास बैंक १७.६६ अंक, हाइड्रोपावर १०.४५ अंक, फाइनान्स ५.०८ अंक, इन्स्योरेन्स १३४.३३ अंक, अन्य ७.८ र माइक्रोफाइनान्स २४.८७ अंकले घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5a1151736795d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको