Like us!
Follow us!
Connect us!
Watch us!

आकस्मिक हृदयघात कारण प्रकाशको निधन, अस्पताल ल्यानुभन्दा तीन घण्टा अघि नै मृत्यु – नर्भिक अस्पताल

आइतबार, ०३ मंसिर २०७४, १२ : ५६ मा प्रकाशित

आकस्मिक हृदयघात कारण  प्रकाशको निधन, अस्पताल ल्यानुभन्दा तीन घण्टा अघि नै मृत्यु – नर्भिक अस्पताल

अर्थ संसार, काठमाडौं–  आकस्मिक हृदयघात कारण  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको मृत्यु एको नर्भिक अस्पतालका डाक्टरहरुले जनाकारी दिएको छ ।

अस्पताल प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै डाक्टहरुले सो जानकारी दिएका हुन् ।बिहान ५ बजेर ५० मिनेट जाँदा प्रकाश दाहाललाई अस्पताल पुर्याइएको थियो । डाक्टरहरुका अनुसार अस्पताल ल्याइपुर्याउँदा मुटुको धड्कन बन्द भइसकेको थियो, श्वासप्रश्वास केही पनि थिएन ।

आँखाको नानी पनि डाइलेटेड भइसकेको थियो । शरीरको रिफ्लेक्स पनि थिएन । शरीर कडा भइसकेको थियो ।

डाक्टरहरुले अस्पताल ल्याउन भन्दा तीन घण्टा अघि नै निधन भइसकेको बताए ।‘इसिजी गर्दा पनि केही नभेटिए पछि हामीले परिवारलाई बिहान ६ बजे प्रकाश दाहाललाई मृत घोषित गरेका हौँ,’ डाक्टरहरुले जानकारी दिए ।

श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने

 दिवंगत प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने भएको छ ।

दिउँसो साढे १ बजेदेखि श्रद्धान्जलीका लागि  पार्टी कार्यालयमा राखिने र अपराह्न्न चार बजेपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको