Like us!
Follow us!
Connect us!
Watch us!

दुर्घटनामा शिवाकोटीको मृत्यु

शनिबार, ०२ मंसिर २०७४, १८ : १४ मा प्रकाशित

दुर्घटनामा शिवाकोटीको मृत्यु

अर्थ संसार, दमक– नेपाली काँग्रेस गौरादह नगर समिति सदस्य कुलदाश शिवाकोटीको सडक दुर्घटनामा परेर निधन भएको छ ।

गौरादह–१ निवासी ४५ वर्षीय शिवाकोटीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज बिहान उपचारका क्रममा निधन भएको पार्टीका जिल्ला सभापति यादव सेढाईंले जानकारी दिनुभयो ।

तीव्र गतिमा आएको कारले रोकिराखेको शिवाकोटी सवार मोटरसाइकललाई शुक्रबार बिहान पाडाजुंगी–गौरादह सडक खण्डको बेलडाँगी भन्ने स्थानमा ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते शिवाकोटीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार हुन नसकेपछि बिएण्डसी अस्पताल लगिएको थियो ।

ठक्कर दिने कारलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएको जनाएको छ । शिवाकोटीको आइतबार बिहान स्थानीय किस्ने घाटमा अन्त्येष्टि गरिने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको