Like us!
Follow us!
Connect us!
Watch us!

सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाइयो

शनिबार, ०२ मंसिर २०७४, १५ : ०९ मा प्रकाशित

सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाइयो

अर्थ संसार, काठमाडौँ–महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ सफाइ कार्यक्रम अन्तर्गत चक्रपथ क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको छ ।

हरेक शनिबार चक्रपथ सफाइ अभियान थालेका महाशाखाले आज सानोभ¥याङ क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको हो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सडक अतिक्रमण गरी निर्माण भएका र राखिएका भौतिक संरचनालाई हटाउने काम गरिएको बताउनुभयो । “कोटेश्वरदेखि कलंकीसम्म चीन सरकारले चक्रपथ निर्माण गर्ने भएपछि महाराजगञ्जदेखि कलंकीसम्म सफाइ हामीले गरेका हौँ,”– उहाँले भन्नुभयो ।

महाशाखाले दशैँ अगाडिदेखि चक्रपथ सफाइ अभियानलाई निरन्तरता दिएको छ । चक्रपथ सुधार तथा ट्राफिक व्यवस्थापनमा यो अभियानले सहयोग पुग्ने महाशाखाले जनाएको छ ।

यसैबीच आज नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीय संघ संस्थाको सहयोगमा वाग्मती सरसफाइ अभियानअन्तर्गत आर्यघाट पारी राममन्दिर क्षेत्रमा पनि सरसफाइ गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको