Like us!
Follow us!
Connect us!
Watch us!

१३ वटा जलविद्युत कम्पनीको वित्तीय विवरण सार्वजनिक, कुनको कति ?

शनिबार, ०२ मंसिर २०७४, १४ : ३८ मा प्रकाशित

१३ वटा जलविद्युत कम्पनीको वित्तीय विवरण सार्वजनिक, कुनको कति ?

धमाधम चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् ।  नेप्सेमा सूचिकरण भएका जलविद्युत अहिलेसम्म १३ वटा जलविद्युत  कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । 

यी १२ कम्पनीमध्ये सबैभन्दा बलियो चलिमे हाइड्रोपावर देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चिलिमेले ३० करोड ९१ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस कम्पनीको प्रतिसेयर आम्दानी पनि उच्च छ ।

यसको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ २५१ रुपैयाँ २६ पैसा छ । यता, अपि पावर कम्पनले पहिलो त्रैमासमा  मुनाफा १ करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ  । १ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा १० करोड ५२ लाख रुपैयाँ राखेको छ । त्यस्तै लगानी तर्फ हेर्दा शुन्य दशमलव ६८ प्रतिशतले घटेर १४ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको बिक्रि ४ करोड ८ लाख रुपैयाँ रहेको छ । कम्पनीको आम्दानी १० दशमलव ८६ प्रतिशतले घटेर ४ करोड १४ लाख रुपैयाँ रहेको छ भने खर्च ४० दशमलव ५२ प्रतिशतले घटेर ३८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी वार्षिक ६ दशमलव ३२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ८६ दशमलव ९९ गुणा र प्रतिसेयर नेटवर्थ १ सय १० दशमलव ०२ रुपैयाँ रहेको छ ।

बुटवल पावरले पहिलो त्रैमासमा ७ करोड २२ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण निकालेको छ । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ८५ पैसा छ । कम्पनीको सेयर पुँजी १ अर्ब ८१ करोड ५ लाख ७२ हजार रुपैयाँ छ ।

 कुनको कति ?

5a0ff798f3ec7.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको