Like us!
Follow us!
Connect us!
Watch us!

दुई भन्दा बढी डिम्याट खाता बन्द गर्न धितोपत्र बोर्डको निर्देशन

शुक्रबार, ०१ मंसिर २०७४, ०७ : ५३ मा प्रकाशित

दुई भन्दा बढी डिम्याट खाता बन्द गर्न धितोपत्र बोर्डको निर्देशन

अर्थ संसार, काठमाडौँ– नेपाल धितोपत्र बोर्डले दुई भन्दा बढी डिम्याट खाता सञ्चालन नगर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।
 
बोर्डले आज एक सूचना मार्फत एक व्यक्तिले दुई वटासम्म डिम्याट खाता खोल्न सक्ने व्यवस्था रहेको भएपनि सो भन्दा बढी खाता रहेको पाइएकाले तत्काल सच्याउन आग्रह गरेको हो ।
 
दुई भन्दा बढी खाता संचालन गरिरहेका हितग्राहीले आफ्नो सम्पूर्ण धितोपत्र दुई वटा खातामा हस्तान्तरण गरि अन्य खाता बन्द गराउन बोर्डले आग्रह गरेको हो ।
 
बोर्डले २०७४ भाद्र मसान्तसम्मका धेरै खाता भएका हितग्राहीलाई दुई पटा खाता मात्रै सञ्चालन गराउन भनिएपनि धेरैले समय माग गरेकाले समय थप गरिएको थियो ।
 
बोर्डले दुई भन्दा बढी हितग्राही खाता रहेका लगानीकर्ताले ३५ दिनभित्र बढी भएका खाता बन्द गर्न अनुरोध गरेको हो । सो अवधि भन्दा पछाडि दुई भन्दा बढी खाता भए बोर्ड आफैले त्यस्ता खाता बन्द गराउने समेत विज्ञप्तिमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको