Like us!
Follow us!
Connect us!
Watch us!

सीडीएसले सी आस्बा सफ्टवेयर बनाउने

विहीबार, ३० कार्तिक २०७४, १२ : २२ मा प्रकाशित

सीडीएसले सी आस्बा सफ्टवेयर बनाउने

अर्थ संसार, काठमाडौं– सिडिएस एण्ड क्लियरिङ (सिडिएस) ले आस्बा प्रणालीलाई प्रभावकारी बनाउन सि आस्बा नामक सफ्टवेयर बनाउने भएको छ । सिडिएसले बनाएको सफ्टवेयर सबै आस्बा सदस्यहरुले प्रयोग गर्नेछन् ।

निष्काशन तथा बिक्री प्रबन्धक र अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका लागि धितोपत्र खरिदसम्बन्धी दरखास्तको आवश्यक जाँचबुझ तथा हितग्राही खाता रुजु गर्नुका साथै सम्पूर्ण निष्काशन प्रक्रियामा संलग्न निकायहरुले प्रदान गर्ने सेवामा एकरुपता कायम गर्ने उद्देश्यले धितोपत्र सार्वजनिक निष्काशनको केन्द्रीकृत विद्युतीय सेवा कार्य सञ्चालन निर्देशिका, २०७४ लाई धितोपत्र बोर्डले स्वीकृत गरेको छ ।

निर्देशिकामा सिडिएस एण्ड क्लियरिङले सार्वजनिक निष्काशन भएका धितोपत्रको खरिद आवेदन प्रक्रियालाई एकरुपता कायम गर्ने उद्देश्यले बैंक खाता र हितग्राहि खाता रुजु गरी केन्द्रीकृत रुपमा प्रविष्टि गर्न मिल्ने, निष्काशन तथा बिक्री प्रबन्धकलाई दोहोरो आवेदनको स्थिति जाँचबुझ गर्न आवश्यक विवरण प्राप्त हुने तथा दोहोरो आवेदन प्रमाणित भएको खण्डमा आवेदन रद्द गर्न सकिने व्यवस्था छ ।

त्यस्तै, धितोपत्र बाँडफाँट गर्नको लागि अन्तिम विवरण तयार हुनेलगायत विशेषता भएको सी–आस्बा नामको सफ्टवेयर निर्माण गरी आस्बा सदस्यहरुलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले सी–आस्बा सफ्टवेयर प्रयोग गरी ग्राहकको हितग्राही खाताको विवरणसँग बैंक खाताको विवरण रुजु गर्ने, ग्राहकलाई रजिष्ट्रेशन नम्बर प्रदान गर्ने, ग्राहकबाट प्राप्त आवेदन रुजु गर्ने तथा प्रविष्टि गर्ने, सफ्टवेयरबाट प्राप्त रिपोर्टको आधारमा ग्राहको बैंक खातामा रकम रोक्का राख्ने, डेबिट गर्ने वा फुकुवा गर्ने तथा सोको रिपोर्ट सफ्टवेयरमा प्रविष्टि गर्ने व्यवस्था रहेको छ ।

सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा खाता रहेका ग्राहकले आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्यमार्फत इन्टरनेटमार्फत आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकको खातामा रोक्का रहेको रकममध्ये बाँडफाँट भएको सेयरबापतको रकम रकमान्तरण गरी बाँकी रकम फुकुवा गर्ने र निष्काशन तथा बिक्री प्रबन्धकले सिडिएसमा आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित ग्राहकको हितग्राही खातामा सेयर हस्तान्तरण गर्ने व्यवस्था गरेको छ । कारोबारबाट

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको