Like us!
Follow us!
Connect us!
Watch us!

लिलामी प्रक्रियामा लक्ष्मी सनराइज क्यापिटलको जस्तो गैर जिम्मेवारीपन अब नदोहरियोस्

अर्थ संसार

मंगलबार, ०९ माघ २०८०, १० : २० मा प्रकाशित

लिलामी प्रक्रियामा लक्ष्मी सनराइज क्यापिटलको जस्तो गैर जिम्मेवारीपन अब नदोहरियोस्

लिलामी सबैभन्दा बढी कबोल गर्नेले पाउने संवेदनशील प्रक्रिया हो। बोलपत्र खोल्न सुरु भएपछ्यात बिच बिचमा रोकिनु वा स्थगित हुनुले सम्पूर्ण प्रकियाको निष्पक्षता माथि प्रश्न उठ्ने ठाउँ रहन्छ। 

हो यस्तै निष्पक्षता माथि प्रश्न उठ्ने ठाउँ लक्ष्मी सनराइज क्यापिटलले अपर तामाकोशी हाइड्रोपावरको सेयर लिलामीमा राखिदिएको छ।  शुक्रबार देखि काठमाडौंको कमलपोखरीस्थित लक्ष्मी सनराइज क्यापिटलको कार्यालयको खाली परिसरमा पाल हालेर सुरु गरिएको लिलामी शुक्रबार साँझ र शनिबार साँझ रोकियो।  

लिलाम खोल्दा खोल्दै बिचमा रोक्नु भनेको एक प्रकारको चलखेल नै हो भन्ने जानकारहरुको तर्क छ। धेरै लगानीकर्ता पनि लिलामी प्रक्रियामा लक्ष्मी सनराइज क्यापिटलले धादली र अनुचित कार्य गरेकोले नियामकले यस पुरै प्रकियाको छानबिन गर्नुपर्ने बताउँछन।  कुनै पनि बाहनामा लिलाम खोल्ने प्रकिया सुरुवात भएपछि रोकिनु हुदैँन तर अपरको लिलाम दुई दुई पटक स्थगित भयो। यो लिलाम प्रक्रिया कै क्यापिटलले धज्जी उडाएको जानकारहरुको तर्क रहेको छ। 

क्यापिटलको लिलामको सुरुवात देखि नै व्यवस्थापन एक्दमै भद्रगोल नै रहेको थियो। फर्म लिएर क्यापिटल पुगेका लगानीकर्ताले दिन नै माया मारेर भिड र असुविधा सहनुपर्यो। कतिले आवेदन दिन पुगेका लगानीकर्ता क्यापिटलको परिसरमा भएको हुल र एकदम कमजोर व्यवस्थापनका कारण आवेदन नै नदिएर फर्केको टिप्पणी गर्छन। 

यस विषयमा पुँजीबजारका अनुभवी अभिभावक लगानीकर्ता अम्बिका पौडेलले टिप्पणी गर्दै आफ्नो सामाजिक संजालमा लेख्छन ,' पूँजी बजारमा कति सुधार गरेछौं भन्ने कुरा हेर्न लक्ष्मी सनराइज क्यापिटल चलेको केही दिनको जात्रा हेरे पुग्छ।दुनियाको सबै भन्दा प्रविधि मैत्री हुनु पर्ने क्षेत्रकाे त यो हालत छ भने अन्य क्षेत्रमा प्रविधिको अबस्था के होला।
"धन्य मेरो देशको पूंजी बजार, तिम्रो श्वास चलेको छ र पो केही लाख मान्छे रमाएका छन.'

३० हजार १ सय ५५ वटा आवेदन परेको र धेरै लगानीकर्ताले महत्त्व दिएको यस लिलाम प्रक्रियालाई क्यापिटलले भने भद्दा मजाक जसरी ह्यान्डल गरेको छ।  

यति प्रश्नै प्रश्न पछि क्यापिटलका अनुसार लिलामीको सेयरको प्रारम्भिक कट अफ मूल्य १४६ रुपैयाँ कायम गरेको बताएको छ । यद्यपि सबै चेकहरु भेरिफाई गर्ने कार्य जारी नै रहेकोले अन्तिम कट अफ मूल्य केहि तलमाथि हुन सक्ने क्यापिटलको तर्क छ। 

अपर तामाकोशीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म चुक्ता पूँजीको १० अर्ब ५९ करोड रुपैयाँको १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्य सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता बिक्री भएको थिएन । बिक्री नभएको उक्त सेयर गत पुस १२ गतेदेखि पुस २९ गतेसम्म लिलामीमार्फत बिक्री खुला गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको