Like us!
Follow us!
Connect us!
Watch us!

युवा समूहलाई निब्र्याजी बीस लाख ऋण

विहीबार, ३० कार्तिक २०७४, १२ : ०८ मा प्रकाशित

युवा समूहलाई निब्र्याजी  बीस लाख ऋण

अर्थ संसार, इलाम– युवालाई पेशा व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला युवा समितिले चार वटा युवा समूहलाई निब्र्याजी रु २० लाख ऋण प्रदान गरेको छ ।

समितिले सूर्योदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समूह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा समूह, एकतप्पाको चम्जलुङ उद्यमशील युवा विकास संस्था र जोगमाईको ध्वजेगुफा पशुपालन समूहलाई प्रतिसमूह रु पाँच÷पाँच लाखका दरले ऋण प्रदान गरेको जिल्ला युवा विकास समिति इलामका प्रमुख बाबुराम पोखरेलले बताउनुभयो ।

समितिले १६ देखि ४० वर्ष उमेर समूहका युवालाई स्वदेशमै उद्यम सञ्चालन गराउने उद्देश्यअनुसार पहिलो वर्षको कार्यक्रमबाट ऋण लगानी गरेको समितिका अध्यक्ष नवराज शंकरले जानकारी दिनुभयो । ऋणबाट १० जना युवा संलग्न रहेको समूहले सामूहिकरूपमा व्यवसाय सञ्चालन गर्नुपर्ने प्रावधान छ ।

ऋण पाउनेमा चम्जम्लुङ उद्यमशील युवा विकास संस्थाले होमस्टे सञ्चालन गर्ने जनाएको छ । जनज्योति कृषि तथा पशुपालन समूहले ब्रोइलर कुखुरापालन, सुनौलो बिहानी पशुपालन युवा समूहले कुखुरापालन र ध्वजे गुफा पशुपालन समूहले गाईपालन गर्ने जनाएका छन् ।

राष्ट्रिय युवा परिषद्ले युवा उद्यमी बनाउन सरकारको स्वीकृति र अनुदान लिई जिल्ला युवा समितिमार्फत प्रस्तावना आह्वान गरेको थियो । सो रकम परिषद्ले सिधै उपलब्ध गराउन नमिलेपछि नेफ्स्क्युन वित्तीय संस्थासँग सम्झौता गरी इलाममा हाम्रो जुनतारा बचत तथा ऋण सहकारी संस्थामार्फत रकम वितरण गरेको समितिले जनाएको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको