Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्योरेन्सले नाफा ३ करोड २६ लाख

विहीबार, ३० कार्तिक २०७४, ११ : ३६ मा प्रकाशित

सगरमाथा इन्स्योरेन्सले नाफा ३ करोड २६ लाख

अर्थ संसार, काठमाडौं–  सगरमाथा इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड २६ लाख रुपैयाँ मुनाफा कमाएको छ ।  गतवर्षको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ९ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

५३ करोड चुक्ता पुँजी रहेको कम्पनीले जगेडा कोषमा २५ करोड १० लाख रुपैयाँ राखेको छ । त्यस्तै कम्पनीले बीमा कोषमा ३९ करोड १७ लाख रुपैयाँबाट बढाएर ४८ करोड ८७ लाख रुपैयाँ पुयाएको छ । त्यस्तै कम्पनीको महाविपत्ति कोषमा २ करोड ८० लाखबाट बढाएर ४ करोड ५९ लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैया ०७ पैसा, प्रतिसेयर नेटवर्थ २४५ रुपैयाँ ९७ पैसा र प्रतिशेयर कुल सम्पतिको मूल्य ५८२ रुपैयाँ ३३ पैसा रहेको छ ।

 कम्पनीले यो अवधिमा ४३ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने १५ करोड ४० लाख रुपैयाँ बीमा शुल्क भुक्तानी गरेको छ । गतवर्षको सो अवधिमा कम्पनीले ३१ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरी १२ करोड १४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

5a0d285d30717.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको