Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावर कम्पनीको मुनाफा १ करोड ६५ लाख

विहीबार, ३० कार्तिक २०७४, ११ : २७ मा प्रकाशित

अपि पावर कम्पनीको मुनाफा १ करोड ६५ लाख

अर्थ संसार, काठमाडौं– अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा मुनाफा १ करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ  ।

  अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले नाफा १ करोड ७० लाख रुपैयाँ कमाएको थियो । १ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा १० करोड ५२ लाख रुपैयाँ राखेको छ । त्यस्तै लगानी तर्फ हेर्दा शुन्य दशमलव ६८ प्रतिशतले घटेर १४ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको बिक्रि ४ करोड ८ लाख रुपैयाँ रहेको छ । कम्पनीको आम्दानी १० दशमलव ८६ प्रतिशतले घटेर ४ करोड १४ लाख रुपैयाँ रहेको छ भने खर्च ४० दशमलव ५२ प्रतिशतले घटेर ३८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी वार्षिक ६ दशमलव ३२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ८६ दशमलव ९९ गुणा र प्रतिसेयर नेटवर्थ १ सय १० दशमलव ०२ रुपैयाँ रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको