Like us!
Follow us!
Connect us!
Watch us!

हेर्नुहोस, कर नतिर्ने २७ ठूला करदाता

विहीबार, ३० कार्तिक २०७४, ०८ : ५६ मा प्रकाशित

हेर्नुहोस,  कर नतिर्ने २७ ठूला करदाता

अर्थ संसार, काठमाडौं– सरकारले कर नतिर्ने २७ ठूला करदाताको नामावली सार्वजनिक गरेको छ । आन्तरिक राजस्व विभाग अन्तर्गतको ठूला करदाता कार्यालयले पटक–पटक ताकेता गर्दा पनि मूल्य अभिवृद्धि कर र आयकर तिर्न अटेर गर्ने २७ व्यावसायिक फर्म र तिनका सञ्चालकको नाम सार्वजनिक गरेको हो ।

कार्यालयले पटक–पटक पत्राचार र फोन सम्पर्क गर्दासमेत बक्यौता नबुझाएका कारण सञ्चालकसहित व्यावसायिक फर्मको नाम सार्वजनिक गरिएको जनाएको छ । कार्यालयले सार्वजनिक सूचना नै जारी गरी १५ दिनभित्र बक्यौता रहेको कर तिर्न आग्रह गर्दै कारबाहीको चेतावनी दिएको छ ।

कार्यालयका अनुसार घरजग्गा व्यवसायी सुधीर बस्नेतको अग्नी एयर, कोहिनुर हिल हाउजिङ र ओरियन्टल बिल्डर्स, सूचना प्रविधिका क्षेत्रमा स्थापित संजीव राजभण्डारीको मर्कन्टायल सिस्टम र सञ्जय गोल्छाको न्यूटेरिक नेपालसमेतका नाउँमा सूचना जारी भएको छ ।

यस्तै, प्रदीपशमसेर जबराको पेट्रोलिमेक्स, सुमित रौनियारको पप्पु जेभीलगायत सात वटा फर्मले भ्याट तथा नेपाल टोबाको कम्पनी, एभरेष्ट पोलिमर्स लगायत ६ वटा फर्मले आयकर र भ्याट दुवै नतिरेको कार्यालयले जनाएको छ । सरकारले हालै बूढीगण्डकी जलाशययुक्त आयोजनाको सम्झौता तोडेको चाइना गेजुवा कन्सट्रक्सन ग्रुप कर्पोरेसनसमेत कर नतिर्ने कम्पनीमा परेको छ ।

पेट्रोलिमेक्सले भारतीय नाकाबन्दीका बेला इथियोपियन एयरलाइन्समार्फत भारतबाट हवाई इन्धन ल्याएर नेपाल आयल निगमलाई महँगो मूल्यमा बेचेको थियो । कार्यालयका प्रमुख कर अधिकृत गंगाराम गेलालले सूचनामै सबै कुरा स्पष्ट रहेको भन्दै थप बोल्न चाहेनन् ।

कार्यालयले सार्वजनिक सूचनामार्फत कार्यालयमा देखिएको अभिलेखअनुसार कर बक्यौता रकम दाखिला गर्न नथा दालिखा भएको भए प्रमाण पेश गर्न भनेको छ । कर नतिर्ने कम्पनी तथा फर्मलाई विभिन्न मितिमा पत्राचार तथा फोन सम्पर्क गरिएको तर हालसम्म पनि बक्यौता रकम दाखिला नगरेको हुनाले सार्वजनिक सूचना नै जारी गर्नु परेको उसको दाबी छ ।

उसले सूचना जारी भएको १५ दिनभित्र बक्यौता कर दाखिला गर्न तथा दाखिलाको अदालत वा अन्य निकायमा पुनरावेदन वा निवेदन परी मुद्दा विचाराधीन भएको भए सो को जानकारी दिन भनेको छ । उसले तोकिएको अवधिमा कर रकम दाखिला नगरेमा मूल्य अभिवृद्धि कर ऐन २०५२ संशोधनसहित को दफा २१९१० बमोजिम कुनै वा सबै तरिका अपनाई भ्याट असुलउपर गरिने जनाएको छ ।

साथै आयकर ऐन २०५८ संशोधनसहितको दफा १०४ देखि १११ सम्मका आवश्यक प्रक्रिया अपनाइ बक्यौता रहेको कर रकम असुल उपर गरिने कार्यालयको दाबी छ । कार्यालयले कर बक्यौता गर्न बाँकी रहेका करदाताको नामावली प्रकाशित गर्ने बताएको छ । कारोबारबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको