Like us!
Follow us!
Connect us!
Watch us!

कञ्चन डेभलपमेन्ट बैंकको सेयर किन्दै हुनुहुन्छ ? हेनुहोस एक विश्लेष्ण

विहीबार, ३० कार्तिक २०७४, ०८ : ३१ मा प्रकाशित

कञ्चन डेभलपमेन्ट  बैंकको सेयर किन्दै हुनुहुन्छ ? हेनुहोस एक विश्लेष्ण


वर्गिकरण : विकास बैंक
पछिल्लो व्यापार मूल्यः रू.२३७
५२ हप्ताको उच्च व्यापार मूल्य : रू.७१४
५२ हप्ताको न्यून व्यापार मूल्य : रू.२२०
१८० दिनको औसत व्यापार मूल्य : रू.३१०.१५

बैङ्कको महत्वपूर्ण अनुपात :-

व्यवस्थापन समूह :-
अध्यक्ष : शिव सिंह कार्की
प्रमुख कार्यकारी अधिकृत : बिरू राम जैसी
प्रधान कार्यलय : महेन्द्रनगर ,कञ्चनपुर
वेबसाइट : www.kanchanbank.com.np
शाखा : १४
स्टक स्ङ्केत : केएडिविएल

बैङ्कका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा ) :-

बैङ्कको महत्वपूर्ण अनुपात :-

लाभांश विवरण :-

आधारभूत विश्लेषण  :-
बैंकले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :   

  • चुक्तापूँजीको तुलनामा खुद नाफा ४ दशमलव ११ प्रतिशतबाट घटेर २ दशमलव २४ प्रतिशतमा सिमित भएको छ । बैङ्कको  लगानी रू. १ करोड ८९ लाख रहेको छ ।   बैंकले पहिलो त्रैमाससम्ममा आइपुग्दा रू. ३ अर्ब ४ करोड ६२ लाख  निक्षेप सङ्कलन गरि रू. २ अर्ब ६८ करोड ६१ लाख  कर्जा प्रवाह गरेको छ ।

  • बैंकको खुद ब्याज आम्दानी रू. ३ करोड ३ लाख, कर्मचारी खर्च रू. १ करोड २२ लाख, अन्य सञ्चालन खर्च रू. ९५ लाख ८७ हजार र सञ्चालन नाफा रू. १ करोड ४५ लाख रहेको छ ।

  • स्थिर सम्पत्ति २७ प्रतिशतले बढेर रू ८ करोड ५४ लाख ५१ हजार र अन्य सम्पत्ति ५५ प्रतिशतले बढेर रू. ८ करोड ३२ लाख ५९ हजार पुगेको छ ।

  • बैंकले सम्भावित जोखिमका लागि रू. ३० लाख रकम छुट्याएको छ । पूँजीकोष लागत ७ दशमलव ८२ प्रतिशत र पूँजीकोष पर्याप्तता १४ दशमलव ९५ प्रतिशत रहेको छ ।

  • बैंकको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार तरलता अुनपात २७ दशमलव ४८ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक रू. ८ दशमलव ९७, मूल्य आम्दानी अनुपात २५ दशमलव ५३, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. ८ सय २३ दशमलव ४८ र प्रतिशेयर नेटवर्थ रू. १ सय २६ दशमलव १५ रहेको छ । बुधवारकोे शेयर मूल्य नेटवर्थको  करीब २ गुणा छ ।

प्राविधिक विश्लेषण :-

  • खरीद चाप : बैंकको बुधवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप  साढे १ गुणा बढी भएको छ । सो अवधिसम्म १ हजार  ९ सय ६ कित्ता शेयर खरीद  र १ हजार १ सय कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।  

बुधवार भएको शेयर कारोबार विवरण :-

मैनबत्ती विश्लेषण :-

             १६ अगष्ट २०१७                               १५ नोभेम्बर  २०१७

स्ट्याण्डर्ड डेभिएसन :-

                 १६ अगष्ट २०१७                               १५ नोभेम्बर  २०१७

आरएसआई :-

              १६ अगष्ट २०१७                               १५ नोभेम्बर  २०१७

मुभिङ् एभरेज :-

                १६ अगष्ट २०१७                               १५ नोभेम्बर  २०१७

  • मैनबत्ती विश्लेषण : बैंकको ३५ दिनको कारोबारलाई हेर्दा अन्तिम दिनमा कालो मारोबोजु आकृती बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य घट्ने सङ्केत देखाउँछ  ।  

  • आरएसआई : बैंकको ३५ दिनको कारोबारमा आरएसआइ न्यूट्रल जोन (४९ दशमलव शून्य ५ स्केल) मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएसन : बैंकको ३५ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन ५ दशमलव ८७ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ ।

  • मुभिङ एभरेज : बैंकको ३५ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने र २६ दिने औसत मूल्यरेखाभन्दा माथि छ । हालको मूल्य रू. २ सय ३७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ सय ४२ मा प्रतिरोध पाउन सक्छ भने मूल्य सस्तिएमा रू. २ सय २७ मा टेवा पाउन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको