Like us!
Follow us!
Connect us!
Watch us!

केपी ओलीको एउटा टिप्पणीले यसरी बढ्यो सेयर बजार

मंगलबार, २८ कार्तिक २०७४, २० : ५३ मा प्रकाशित

केपी ओलीको एउटा टिप्पणीले यसरी बढ्यो सेयर बजार

अर्थ संसार, काठमाडौँ – दुई ठूला कम्युनिस्ट पार्टीको बीचमा चुनावी तालेमल र पार्टी एकताकमो प्रक्रिया अगाडि बढाृने विषय एकाएक सार्वजनिक भएपछि सेयर बजार भित्र रहेको एउटा तत्वले गलत हौवा फिजायो ।

वाम गठन्धन आएपछि पूँजीबजार धारासायी हुन्छ, व्यक्तिगत सम्पत्तिको सुरक्षा हुँदैन भन्ने जस्ता हौवा फिजाउन सेयर बजारका जानकार नै लागिपरे । जुन तथ्य भन्दा बाहिरको विषय थियो ।

गत वर्ष नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएकै समयमा सेयर बजार उच्च बिन्दुमा पुगेको थियो । तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले बजार बढाउन ठूलो पहल गरेका थिए ।

तर पछिल्लो दिनमा वामपन्थी गठबन्धनको नाम दिएर बजार घटाउने षड्यन्त्रमा केही सेयर दलाल र बजारमा होल्ड भएका लगानीकर्ता लागे । त्यसबाट सबैभन्दा बढी मारमा साना लगानीकर्तालाई पारियो ।

बजार घट्ने अफवाह फैलाएर धमिलो पानीमा माछा मार्ने स्वार्थी समूहले क्षणिक रुपमा लाभ त लियो तर त्यसले उनीहरुको स्वार्थमा भने नराम्ररी झापड समेत हानिदिएको छ । सोमबारदेखि बजार उकालो लाग्न थालेको छ । झापामा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अर्थतन्त्र नबुझेका अर्थशास्त्री सेयर बजार घटाएको भन्दै कडा प्रतिक्रिया दिए ।

 जुन स्वार्थी समूहले सोचेको भन्दा फरक कोणबाट आएको टिप्प्णी थियो । बजार घटनुको पछाडि राजनीतिक कारण कम नै थियो र हो पनि । तर बजार घट्नुको पछाडि वामगठबन्धनको जुन फोबिया देखाइएको छ, त्यो भने सरासर गलत छ ।

बैंक तथा वित्तीय संस्थाले आनो पूँजी वृद्धि गरिसकेका छन् । उनीहरुले पुर्याउनुपर्ने रु आठ अर्बको सीमा समेत नाघिसकेको छ । हकप्रद सेयर दिएर वा बोनस सेयर बाडेर भएपनि क वर्गका बैंकले पून्जी पुर्याएका छन् ।

धितोपत्र बजारमा आउने लगानीको ठूलो हिस्सा चुनाव तर्फ केन्द्रीत भएको छ । बजारमा आएका आइपिओ र हकप्रदमा लगानी गर्न चाहनेको पैसा पनि होल्ड भएको अवस्थामा छ ।

 फेरी लगानीकर्ता निराश पनि भएका छैनन् । तर राजनीतिक कारण देखाएर बजार घटाउने प्रपञ्च जसरी भएको छ त्यो भने विल्कुल सुहाँउदो विषय भने हुँदै होइन र हुनुपनि हुँदैनथ्यो ।

केपी ओलीले आइतबार झापामा दिएको प्रतिक्रियापछि बजार अगाडि बढेको छ । साना लगानीकर्ता धेरथोर रुपमा मारमा परेपनि त्यसले बजार बढाउन सहयोग नै गर्ने विज्ञहरुको भनाइ छ ।

बजार माग र आपूर्तिको आधारमा निर्धारण हुन्छ भन्ने तथ्य नबुझेकाले मात्रै धितोपत्र बजार खस्किएको भन्दै हौवा फिजाएका थिए । तर ओलीको कडा टिप्पणीले बजारलाई राहत मात्रै दिएको छैन , एक हजार पाँ सय बिन्दु भन्दा तल झरेको बजार एकाएक सुधार हुन पुगेको छ ।

१३ दिनसम्म लगातार ओरालो लागेर फर्किएको बजार तिब्र गतिमा उकालो लाग्न थालेको छ । तत्काल तलबाट बजार माथि लागे पछि तल्लो विन्दुमा सेयर बेचेकाहरु अहिले जिल्ल परेका छन् । अहिले दैनिक रुपमा कारोबार रकमले पनि बजारलाई साथ दिन थालेको छ ।

 बजार उतारचढावका बेला धैर्यता राख्न सक्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्नुपर्नेमा त्यसो हुन नसक्दा केहीले गुमाए भने केहीले कमाए पनि ।

 मंगलबार मात्र बजार सुचक नेप्से २५.१४ अंकले बढेर एक हजार ५१६.०२ अंकमा उक्लिएको छ । कारोबारमा आएका अधिकांस कम्पनीको सेयर मूल्य बढे पछि बजार उकालो लागेको हो । बजार खुलेको २ घण्टामा १५२१ अंकसम्म पुगेको बजार फेरी केही सुस्त बनेर उकालो लागेको थियो ।

मंगलबार १६५ कम्पनीहरुको सेयर किनबेच भएको छ । १८ लाख ४७ हजार ७५५ कित्ता सेयरहरु ७ हजार २८५ पटक किनबेच हुँदा रु ७५ करोड ११ लाख ६७ हजार कारोबार भएको छ । बजार बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा झण्डै ४ करोड रुपैंयाले बढेको हो । यसले गलत ढंगले राजनीतिक टिप्प्णी गर्नेलाई समेत ठेगान लगाइदिएको छ ।

त्यसो त नेपाल धितोपत्र बोर्डले समेत सेयर बजारको बारेमा गलत हल्ला गर्नेलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दियो । जुन चेतावनीको असर समेत आज बजारमा परेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सरगर्मी सुरु भएसँगै बजारमा सकरात्मक प्रभाव परेको अनुमान गरिएको छ । चुनावमा केन्द्रीत भएको पैसा समेत बजारमा आउने क्रम सुरु भएकाले पनि धितोपत्र बजार सकारात्क दिशामा गएको बताइन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको