Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा धमाधम जलविद्युत कम्पनीको IPO आउँदै, कुनको कति ?

सोमबार, २७ कार्तिक २०७४, ११ : २३ मा प्रकाशित

बजारमा धमाधम जलविद्युत कम्पनीको IPO  आउँदै, कुनको कति ?

अर्थ संसार, काठमाडौं– सेयर बजारमा ८ वटा जलविद्युत कम्पनीको सधारण सेयर (आईपिओ) आउने भएको छ ।

युनियन हाइड्रोपावर लिमिटेड, सान्जेन जलविद्युत लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, राधी विद्युत कमपनी लिमिटेड, घलेम्दी हाइड्रोपावर लिमिटेड, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड र माउण्टेन हाइड्रो नेपाल लिमिटेडको  साधारण सेयर (आइपिओ) आउने भएको हो ।

माथिका यी सवै कम्पनीले सधारण सेयर निष्काशनको लागि नियामन निकाय धितोपत्र बोर्ड (सेवन) मा आवेदन दिएका छन् ।

कुनको कति कित्ता सेयर ?

युनियन हाइड्रोपावर लिमिटेड

युनियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारण सेयर (आईपिओ) निष्काशनको लागि साउन २९ गते धितोपत्र बार्डमा आवेदन दिएको छ । लिमिटेडले ६ लाख ३३ हजार ७ सय ४५ कित्ता सधारण सेयर निष्काशनको लागि आवेदन दिएको हो ।

सेयर विक्रीको लागि यस लिमिटेडले लक्ष्मी क्यापिटल मार्केटलाई विक्री तथा प्रबन्धकमा नियुक्त गरेको छ । धितोपत्र बोर्डले स्वीकृति पाएसँगै लिमिटेडको साधारणसभाले आईपिओ निष्काशनको मिति तय गर्ने छ ।

सान्जेन जलविद्युत कम्पनी

सान्जेन जलविद्युत कम्पनीको ८७ लाख ६० हजार कित्ता साधारण सेयर (आइपिओे) आउने भएको छ ।

कम्पनीले साधारण सेयर निष्काशनको लागि नागरिक लगानी कोषलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । साधारण सेयर निष्काशनको लागि कम्पनीले बैंशाख १२ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड

यस कम्पनी लिमिटेडले  १ करोड ६४ लाख २१ हजार ४० कित्ता सर्वसाधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । उक्त सेयर निष्काशनको लागि बैशाख १३ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

निष्काशन सेयर विक्रीको लागि सिद्धार्थ क्यापिटल, एनआइविएल क्यापिटल, मार्केट, ग्लोबल आइएमई, क्यापिटल र एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई विक्री तथा प्रबन्धकमा नियुक्ति गरेको छ ।

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले स्थानीयवासीको लागि ११ लाख कित्ता सर्वसधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।

यस लिमिटेडले वैशाख २६ गते धितोपत्र बोर्डमा सेयर निष्काशनको लागि आवेदन दिएको छ । सेयर निष्काशनको लागि पञ्चकन्याले नबिल इन्भेष्टमेन्ट बैकिङ र  एनसिएम मर्चेन्ट बैकिङलाई विक्री प्रबन्धकमा जिम्मेवारी दिएको छ ।

राधी विद्युत कम्पनी लिमिटेड

यस लिमिटेडले ७ लाख ६४ हजार ५ सय ५० कित्ता सर्वसाधारण सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैशाख वैशाख २९ गते धितोपत्र बोर्डमा आवेदन दिएको यस कम्पनीले सेयर निष्काशन बिक्री प्रबन्धकमा नबिल इन्भेटमेन्ट बैकिङलाई नियुक्त गरेको छ ।

 घलेम्दी हाइड्रो लिमिटेड

यस हाइड्रो लिमिटेडले स्थानीयवासीको लागि ५ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । सेयर निष्काशनको लागि लिमिटडेले यही आर्थिक वर्षको असोज २५ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । सेयर निष्काशन विक्री प्रबन्धकमा भिबोर क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

माउन्टेन हाइड्रो नेपाल लिमिटेड

स्थानीयवासीको लागि १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले चालु आर्थिक वर्षको असोज महिनको  २५ गते सेबोनमा आवेदन दिएको  । सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड

यस कम्पनीले ७ लाख ३६ हजार २ सय ८३ कित्ता साधारणसेयर निष्काशन गर्नेको लागि यही चालु आर्थिक वर्षको असोज २० गते सेवनमा निवेदन दिएको छ । यसका लागि कम्पनीले सेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

माथि उल्लेखित कम्पनीको सधारण सेयर (आइपिओ) नियामन निकाय धितोपत्र बोर्ड (सेवन) ले अनुमति दिएपछि र कम्पनीको साधारण सभाले सेयर निष्काशनको मिति तय गर्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको