Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारले बाटो फेर्यो, १६ अंकले बढेको बजारमा ३९ करोडको कारोबार

आइतबार, २६ कार्तिक २०७४, १५ : १६ मा प्रकाशित

सेयर बजारले बाटो फेर्यो, १६ अंकले बढेको बजारमा ३९ करोडको कारोबार

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले आज बाटो फेरेको छ । विगत केही दिन अघिदेखि निरन्तर ओरोलो बाटो हिडेको सेयर बजार आज भने उकालो बाटोतर्फ मोडिएको छ ।

आज नेप्से दोहोरो अंकले बढेको छ । जम्मा १ सय ५९ वटा कम्पनीको ११ लाख १४ हजार ८७ कित्ता सेयर खरिदविक्री हुँदा ३९ करोड ७१ लाख ६८ हजार ६ सय ११ रुपैयाँको कारोबार भएको छ ।

१६.४१ अंकले बढेको बजारमा ट्रेडिङ समूह बाहे अरु सवै उपसमूहमा हरियाली छाएको छ । आज बैंक १५.६६ अंक, होटल ४.५२ अंक, विकास बैंक २३.६१ अंक, हाइड्रोपावर ३१.६७ अंक, फाइनान्स २.८२ अंक, इन्स्योरेन्स ११८.७१ अंक, अन्य  ५.२१ अंक  र माइक्रोफाइनान्स १.२८ अंकले बढेको छ ।

यता ट्रेडिङ समूह भने ३.१३ अंकले घटेको छ । आज उत्पादन समूहको कारोबार भएको छैन । दोहोरो अंकले बढेको बजारमा कमाउने  र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5a081828da388.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको