Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफा इन्स्योरेन्सको नाफा ५ करोडमाथि

आइतबार, २६ कार्तिक २०७४, ०८ : २८ मा प्रकाशित

सूर्या लाइफा इन्स्योरेन्सको नाफा ५ करोडमाथि

अर्थ संसार, काठमाडौं - चालू आवको पहिलो त्रैमासमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले खुद मुनाफा गत आवको तुलनामा ४ गुणाले वृद्धि भएर रू. ५ करोड २२ लाख पुगेको छ । यो गत आवमा  १ करोड २३ लाख रहेको थियो ।

कम्पनीको चुक्तापूँजी ३१ प्रतिशत बढेर ६५ करोड पुगेको छ । जगेडा कोषको रकम ८६ प्रतिशत बढेर ३७ करोड ८१ लाख रहेको छ । कम्पनीको चालू आवको पहिलो त्रैमासमा बीमा शूल्क आर्जन ५२ प्रतिशत बढेर  ३५ करोड २४ लाख पुगेको छ ।

साथै, कुल दाबी भुक्तानी रकम २४ प्रतिशतले बढेर रू.४ करोड र भुक्तानी हुन बाँकी रकम ५ लाख रहेको छ ।

कम्पनीको दीर्घकालीन लगानी तथा कर्जा २ अर्ब ४० करोड रहेको छ । बीमालेखको धितो कर्जा १६ करोड १६ लाख र प्रतिशेयर आम्दानी  ३१ दशमलव ३८ प्रतिशत छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको