Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारप्रति लगानीकर्ताको विश्वास घटेकै हो त ?

शनिबार, २५ कार्तिक २०७४, ०९ : २० मा प्रकाशित

सेयर बजारप्रति लगानीकर्ताको विश्वास घटेकै हो त ?

अर्थ संसार, काठमाडौं - करीब २ साता देखि ओरालो लागिरहेको बजार १ हजार ४ सय ६० विन्दुमा पुगेको छ ।

लगातार सेयर बजार घट्न थालेपछि सेयरबजार प्रति लगानीकर्ताको विश्वास घटेको हो त ? किन घटिरहेको छ ? यो प्रश्न आम लगानीकर्ताको मनमा उव्जिएको छ, हिजोआज ।

नजिकिदै गरेको प्रदेशको चुनावको प्रत्यक्ष प्रभाव र कम्पनीहरुले पहिलो त्रैमासिक वित्तीय विवरणमा पनि नाफा मूलक विवरण नदेखाएपछि लगानीकर्ताहरुको मनोबल घटेको विश्लेषकहरु बताउँछन् ।

साताको परिसूचक हेर्दा बजार आगामी दिनमा बढेमा पहिलो प्रतिरोधात्मक विन्दु १ हजार ५ सय ६ रहेको छ भने दोश्रो विन्दु १ हजार ५ सय ५१ रहेको छ । त्यस्तै, बजार घटेमा पहिलो टेवा विन्दु १ हजार ४ सय ३४ र दोश्रो टेवा १ हजार ४ सय ७ मा पाउने देखिन्छ ।

अघिल्लो साताको अन्तिम दिनको तुलनामा गत आवको अन्तिम दिन कारोबार रकममा रू. १ करोड ७२ लाख घटेको थियो भने कुल बजार पूँजीकरणमा रू. ७२ अर्ब अर्थात् करीब ४ प्रतिशतको कमी देखिएको थियो ।

सो साताको अन्तिम दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स ओभर शोल्ड जोन अथवा २५ दशमलव शून्य ८ स्केलमा रहेको छ । यसले बजारमा शेयरको विक्री चाप उच्च रहेको देखाउँछ ।

गत साता नेप्से परिसूचक ३० दशमलव ९१ अङ्क घटेको थियो । अघिल्लो साताको अन्तिम दिन १ हजार ५ सय ५३ दशमलव ७२ विन्दुमा बन्द भएको नेप्से परिसूचक गत साताको अन्तिम व्यापार दिन घटेर १ हजार ५ सय २२ दशमलव ८१ विन्दुमा पुगेको हो ।

तर, गत साताको पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन भने नेप्से परिसूचक १७ दशमलव ४२ अङ्कले घटेको हो ।

गत साता २९ हजार १३ कारोबारबाट १ सय ७९ कम्पनीहरुको ६० लाख ५९ हजार ५ सय ४० कित्ता शेयरहरु खरीद विक्री भए । जसबाट रू. २ अर्ब ५२ करोड ६४ लाख ९० हजार बराबरका रकम परिचालित भयो । यो रकम अघिल्लो साताको तुलनामा १२ दशमलव ४७ प्रतिशत बढी हो ।

अघिल्लो साता १ सय ८१ कम्पनीहरुको २२ हजार ८ सय ८२ कारोबारबाट ६२ लाख ६६ हजार ४ सय ५० कित्ता शेयरहरु खरीद विक्री भएका थिए । जसबाट रू. २ अर्ब २४ करोड ६२ लाख ९७ हजार बराबरको कारोबार भएको थियो ।

सातामा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पहिलो दिनको तुलनामा अन्तिम दिन ७ दशमलव ४१ अङ्कले घटेर ३ सय ६ दशमलव ७९ अङ्क पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन २ दशमलव ६२ अङ्कले घटेर १ सय ४ दशमलव ८८ अंकमा पुगेको हो ।

सो साता कारोबार रकमको आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहको छ । यस वाणिज्य बैंकले  गत साता  ११ करोड ५६ लाख बराबरको शेयर कारोबार गरेको थियो । कारोबार सङ्ख्याको आधारमा नेपाल ग्रामिण विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

सो कम्पनीको २ हजार ७ सय ९५ ओटा कारोबार भएको थियो । त्यसैगरी, कारोबार भएको सेयर सङ्ख्याका आधार प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यस वाण्ज्यि बैंककोे १ लाख ७७ हजार कित्ता सेयर  खरीद विक्री भएको थियो ।

 

5a06747849b4e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको