Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाडौंको थप संस्थापक सेयर बढाबढमा

शुक्रबार, २४ कार्तिक २०७४, ०८ : १० मा प्रकाशित

बैंक अफ काठमाडौंको थप संस्थापक सेयर बढाबढमा

अर्थ संसार, काठमाडौं – थप संस्थापक सेयर लीलाम बढाबढमार्फत विक्री गर्न बैंक अफ काठमाडौं (बीओके)ले स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले विनाप्रिमियम फेस भ्यालुमा बोलकबोलमार्फत संस्थापक सेयर विक्रीका लागि कात्तिक २१ गते स्वीकृति प्रदान गरेको हो ।

यसअघि संस्थापकतर्फको थप साधारण सेयर (एफपीओ) जारी गर्न बोर्डले स्वीकृति दिएको थिएन । त्यसपछि बैङ्कले फेस भ्यालु १ सयमा१ सय ६६ प्रिमियम थपेर २ सय ६६ लाई न्यूनतम मूल्य कायम गरी सोभन्दा बढी मूल्यमा लीलाम बढाबढ गर्न अनुमति मागेको थियो । यद्यपि, बैङ्कको उक्त प्रस्ताव पनि अस्वीकृत गर्दै बोर्डले विनाप्रिमियम लीलाम बढाबढमा विक्री गर्न निर्देशन दिएको हो ।

बैङ्कले पहिलोपटक अङ्कित मूल्य १ सयमा २ सय १० प्रिमियम थपेर प्रतिशेयर ३ सय १० का दरमा ६१ लाख ५८ हजार ६७ कित्ता एफपीओ जारी गर्न २०७३ वैशाख २६ गते सेवोनमा निवेदन दिएको थियो । सो समयमा संस्थापकतर्फको थप साधारण शेयर विक्री गर्ने सम्बन्धमा निर्देशिकामा कुनै व्यवस्था नभएकाले स्वीकृति दिन नसक्ने भन्दै अन्य कुनै विकल्प रोज्न बोर्डले निर्देशन दिएको थियो ।

सोही निर्देशनबमोजिम बैङ्कले थप संस्थापक शेयर विक्रीका लागि लीलाम बढाबढको बाटो रोजेको हो । बोर्डले स्वीकृति प्रदान गरेसँगै उक्त शेयर लीलाम बढाबढमार्फत विक्री गर्ने बाटो खुला भएको छ ।

बैङ्कले संस्थापक सेयरधनीहरूको स्वामित्व ५१ दशमलव ४९ प्रतिशत कायम गर्ने उद्देश्यले एफपीओ जारी गर्न लागेको जानकारी दिएको छ । उक्त सेयर विक्री गर्न विक्रीप्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेडले लिएको छ । हाल बैङ्कको संस्थापकतर्फ ४५ दशमलव ६४ र सर्वसाधारणतर्फ ५४ दशमलव ३६ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

यस बैङ्कको चालू आवको पहिलो त्रैमाससम्म  ५ अर्ब ६२ करोड ९५ लाख ७६ हजार रहेको छ । पहिलो त्रैमासमा बैङ्कले । २२ करोड ४० लाख ४६ हजार नाफा आर्जन गरेको छ । राष्ट्र बैङ्कको निर्देशनमा ८ अर्ब चुक्तापूँजी पुर्‍याउनुपर्ने चटारो र संस्थापकतर्फको शेयर स्वामित्व ५१ दशमलव ४९ प्रतिशत कायम गर्नुपर्ने अवस्थामा बैङ्कले एफपीओलाई दुवै कुराको समाधानको माध्यम बनाउन खोजेको थियो ।

कानूनी प्रावधानले सो कुरालाई रोकेपछि अन्ततः लीलामीमै भए पनि विक्री गरी बैङ्कले संस्थापकतर्फको शेयर स्वामित्वलाई निश्चित तहमा कायम गर्नेछ । अभियान

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको