Like us!
Follow us!
Connect us!
Watch us!

मोरङ औद्योगिक कोरिडोरमा चन्दा आतंक, चुनावपछि आउने भन्दै व्यापारी पलायन

बुधबार, २२ कार्तिक २०७४, १६ : १७ मा प्रकाशित

मोरङ औद्योगिक कोरिडोरमा चन्दा आतंक, चुनावपछि आउने  भन्दै व्यापारी पलायन

अर्थ संसार,  काठमाडौँ - मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी चन्दा आतंकका कारण हैरान भएका छन् । राजनीतिक दलहरूले चुनावी खर्चका लागि उद्योगी व्यवसायीसँग चन्दा मागेर हैरान पारेको उद्योगीले बताएका हुन् ।

एक नम्बर प्रदेश उद्योग वाणिज्य संघका कोषाध्यक्ष रमेश राठीका अनुसार आर्थिक सहयोगका लागि विभिन्न दलहरूले उद्योगीलाई फोन गरेरै चन्दा माग्ने गरेका छन् ।  उहाँले भन्नुभयो, “धेरै दलहरूले चन्दा मागेका छन् कसलाई दिनु कसलाई नदिनु ।

राठीका अनुसार एउटै उद्योगीका विभिन्न जिल्लामा उद्योग सञ्चालित छन् । मोरङमा चन्दा दिइएकै दलहरूले अन्य जिल्लामा भएका उद्योगमा पनि चुनावका लागि आर्थिक सहयोग पत्र लेखरै माग्ने गरेका छन् ।

उद्योगमा दलहरूले चुनावी सहयोगका लागि पत्र लेखेरै उद्योगमा पठाउने गरेका कारण उद्योगी तनावमा छन् । त्यतिमात्र होइन टंकी सिनवारीमा रहेको भगवती कार्पेटका व्यवस्थापक उमेश सिग्देलका अनुसार कहिले कुन पार्टीको जिल्ला सम्मेलन, कहिले कुन पार्टीको राष्ट्रिय सम्मेलन, कहिले कहाँको धार्मिक महोत्सव, कहिले कुन पार्टीको आन्दोलनका लागि आर्थिक सहयोग मागेरै पत्र आउने गरेको छ ।

पत्रमा आर्थिक सहयोग भनेर लेखिए पनि रेट तोकेरै उद्योगीसँग बार्गेनिङ गर्ने गरेको उद्योगीले बताएका छन् । त्यतिमात्र होइन विभिन्न धार्मिक संस्कारमा समेत करिडोर क्षेत्रका उद्योगीसँग रेट तोकेरै चन्दा माग्न धेरै आउने गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको