Like us!
Follow us!
Connect us!
Watch us!

७ वित्तीय संस्थाको विवरण सार्वजनिक, हेर्नुहोस्, कुनको कति नाफा ?

बुधबार, २२ कार्तिक २०७४, १५ : ५४ मा प्रकाशित

७ वित्तीय संस्थाको विवरण सार्वजनिक, हेर्नुहोस्, कुनको कति नाफा  ?

अर्थ संसार, काठमाडौं– चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण वित्तीय संस्थाले सार्वजनिक गर्ने क्रम जारी छ । आज वेष्टर्न डेभलपमेन्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, मिसन डेभलमेन्ट बैंक लिमिटेड, सूर्योदय लघुवित्त वित्तीय संस्था, फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स,  प्रभु बैंक र रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् ।


कुनको नाफा कति ?

वेष्टर्नको नाफा ८८ लाख

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडले  ८८ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३ गुणा हो । खुद ब्याज आम्दानी र संचालन मुनाफा उल्लेख्य बढेपछि बैंकको नाफा बढ्न पुगेको हो ।

सो अवधिमा बैंकको चुक्तापूँजी रू. ४२ करोड ९३ लाख रहेको छ भने जगेडा कोष  ६ करोड ५० लाख रहेको छ । बैंकको निक्षेप सो अवधिमा २७.८७ प्रतिशत र कर्जा तथा सापटी ४१.३५ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी १६१.२४ प्रतिशत बढेको छ भने संचालन मुनाफा १९७.७४ प्रतिशत बढेको छ । बैंकको निष्क्रिय कर्जा ०.६८ प्रतिशत र सिडि रेशियो ६९.८ प्रतिशत रहेको छ ।

स्ट्याण्डर्डको नाफा ४८ करोड २५ लाख

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले ४८ करोड २५ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.०९ प्रतिशत बढी हो । खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेपछि बैंकको नाफा बढ्न पुगेको हो ।

सो अवधिमा बैंकको चुक्तापूँजी  ४ अर्ब ५७ लाख रहेको छ भने जगेडा कोष  ८ अर्ब ५५ करोड रहेको छ । बैंकको निक्षेप सो अवधिमा २४.४० प्रतिशत र कर्जा तथा सापटी २३.०३ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी ४०.५१ प्रशित बढेको छ भने संचालन मुनाफा ३९.४७ प्रतिशत बढेको छ । बैंकको निष्क्रिय कर्जा ०.१८ प्रतिशत र सिडि रेशियो ६४.९ प्रतिशत रहेको छ । सो अवधिमा बैंकले १ करोड ५ लाख ८५ हजार खराब कर्जा संकलन गरेको छ ।

फरवार्डको नाफा ६ करोड ७८ लाख

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ६ करोड ७८ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४५ बढी हो ।

खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेपछि कम्पनीको नाफा बढ्न पुगेको हो ।सो अवधिमा कम्पनीको चुक्तापूँजी  २० करोड रहेको छ भने जगेडा कोष  ६६ करोड ७६ लाख रहेको छ । कम्पनीको निक्षेप सो अवधिमा ४२.१८ प्रशित र कर्जा तथा सापटी २९.८३ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको खुद ब्याज आम्दानी ५.४३ प्रतिशत बढेको छ भने संचालन मुनाफा १०.२४ प्रतिशत बढेको छ । कम्पनीको निष्क्रिय कर्जा ०.४९ प्रतिशत रहेको छ ।

मिसनको नाफा १ करोड ४१ लाख

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा मिसन डेभलमेन्ट बैंक लिमिटेडले १ करोड ४१ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.७७ प्रतिशत कम हो । खुद ब्याज आम्दानी बढेपनि संचालन मुनाफा घटेपछि बैंकको नाफा घट्न पुगेको हो ।

सो अवधिमा बैंकको चुक्तापूँजी  ४३ करोड २७ लाख रहेको छ भने जगेडा कोष १४ करोड ६७ लाख रहेको छ । बैंकको निक्षेप सो अवधिमा २४.७२ प्रतिशत र कर्जा तथा सापटी ३०.२८ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी २ं३  प्रतिशत बढेको छ भने संचालन मुनाफा १८.७७ प्रतिशत घटेको छ । बैंकको निष्क्रिय कर्जा ०.३३ प्रतिशत र सिडि रेशियो ७५.७७ प्रतिशत रहेको छ ।

प्रभुको नाफा २५ करोड ७ लाख

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा प्रभु बैंक लिमिटेडले २५ करोड ७ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.२३ प्रतिशत कम हो । खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेपनि अघिल्लो आवको तुलनामा खराब कर्जा संकलन गर्न नसकेपछि बैंकको नाफा घट्न पुगेको हो ।

सो अवधिमा बैंकको चुक्तापूँजी  ५ अर्ब ८८ करोड १४ लाख रहेको छ भने जगेडा कोष  २ अर्ब ७६ करोड ६४ लाख रहेको छ । बैंकको निक्षेप सो अवधिमा २६.८७ प्रतिशत र कर्जा तथा सापटी २९.०३ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी ९.६६  प्रतिशत बढेको छ भने संचालन मुनाफा १८.७८ प्रतिशत बढेको छ । बैंकको निष्क्रिय कर्जा ४.२३ प्रतिशत र सिडि रेशियो ७५.०५ प्रतिशत रहेको छ । सो अवधिमा बैंकले १३ करोढ ६ लाख ३८ हजार खराब कर्जा संकलन गरेको छ ।

सूर्योदयको नाफा ४७ लाख

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले ४७ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.५६ प्रतिशत कम हो । खुद ब्याज आम्दानी र संचालन मुनाफा घटेपछि कम्पनीको नाफा घट्न पुगेको हो ।

सो अवधिमा कम्पनीको चुक्तापूँजी  ४ करोड ७६ लाख रहेको छ भने जगेडा कोष  ३ करोड ८१ लाख रहेको छ । कम्पनीको निक्षेप सो अवधिमा ७८.९२ प्रतिशत र कर्जा तथा सापटी २६.७१ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको खुद ब्याज आम्दानी १०.४३ प्रतिशत घटेको छ भने संचालन मुनाफा २८.५६ प्रतिशत घटेको छ । कम्पनीको निष्क्रिय कर्जा ०.८९ प्रतिशत रहेको छ ।

रुरलको नाफा ५ करोड ७७ लाख

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडले  ५ कराड ७७ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.८८ प्रतिशत बढी हो । खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेपछि कम्पनीको नाफा बढ्न पुगेको हो ।

सो अवधिमा कम्पनीको चुक्तापूँजी  ७२ करोड ६७ लाख रहेको छ भने जगेडा कोष १ अर्ब २३ करोड ५८ लाख रहेको छ । कम्पनीको निक्षेप सो अवधिमा ६.७७ प्रतिशत र कर्जा तथा सापटी १७.७१ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको खुद ब्याज आम्दानी ३०.३८ प्रतिशत बढेको छ भने संचालन मुनाफा ४४.८७ प्रतिशत बढेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको