Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा पहिरो, घटेका बेला सेयर उठाउने मौका

आइतबार, ०५ मंसिर २०७३, १३ : २२ मा प्रकाशित

सेयर बजारमा पहिरो, घटेका बेला सेयर उठाउने मौका

अर्थ संसार
काठमाडौं– साताको पहिलो दिन लगानीकर्ताहरु आत्तिएर सेयर बेच्न थालेकाले नेप्सेमा पहिरो गएको छ । दिउँसो सवा १ बजेसम्म नेप्से ७५ अंकले घटेको छ । अधिकांश  कम्पनीहरुको सेयर मूल्य उच्च दरले घटेकाले बजार स्वात्तै ओरालो लागेको हो । अघिल्लो साताको अन्तिम दिनसमेत कारोबार ४१ अंकले घटेको थियो । उच्च दरमा घटेको बजार आइतबार सम्हालिने अपेक्षा धेरैले गरेका थिए । 

आइतबार लगानीकर्ताहरु आत्तिएर सेयर बेच्न थालेका थिए । यसले गर्दा बिक्रीमा अधिक चाप परेको थियो । कारोबार सुरु हुनासाथ नेप्से उच्च गतिले ओरालो लागेको थियो । बजार घट्ने त्यस्तो उल्लेख गर्न लायको कारण नभएको सेयर विष्लेषक हरिबोल काफ्ले बताउँछन् । ‘मैले सेयर मूल्य यति उच्च दरमा घट्नु पर्ने कुनै कारण देखेको छैन,’ उनले भने, लगानीकर्ताहरु त्यतिकै आत्तिएका छन् ।’ 

यतिखेर बजारमा ठूला लगानीकर्ता, म्युचअल फण्डले सेयर उठाएका छैनन् । दशैंपछि कारोबारको भोल्युमले यस्तै संकेत गर्छ । कारोबार १ अर्ब नाघेका दिन एउटै हातका औंलामा गन्न सकिने मात्र छन् । दशैं अगाडि बजारमा दुई अर्बभन्दा बढीसम्म कारोबार भएको थियो । 

यस्तो अबस्थामा राजनीतिक माहोल अन्यौलपूर्ण भएकाले लगानीकर्ताको मानसिकतामा केही असर गरेको हुनसक्ने काफ्लेको भनाइ छ । ‘संविधान संसोधनको अस्था अन्यौलपूर्ण छ,’ उनले भने, ‘यसले लगानीकर्ताको मानसिकतामा केही असर पारेको हुनसक्छ ।’ यही बेला केही कम्पनीहरुको हकप्रद भर्नु पर्ने अबस्था छ । त्यसैले लगानीकर्ता त्यता रकम जोहो गर्नतिर लागेको आँकलन गरिएको छ ।

बजारमा लगानीकर्ताले फाइदा लिने यस्तै बजारबाट हो । घटेका बेला उठाउने र बढेका बेला बेच्ने गर्दा बजारबाट राम्रो फाइदा लिन सकिन्छ । त्यसैले राम्रा कम्पनीका सेयरमा लगानी गर्ने बेला आइपुगेको सेयर विष्लेषकहरु बताउँछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको