नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । आज (आइतबार) बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरे लगत्तै मौद्रिक नीतिको पूर्णपाठ वेबसाइटमार्फत सार्वजनिक गरिएको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको उल्लेख गरिएको छ । भुक्तानी सन्तुलन २०७९ असोजदेखि बचतमा रहन थालेको र बाह्य क्षेत्रमा आएको सुधारसँगै बैंकिङ्ग प्रणालीमा तरलता सहज हुँदै गएको उल्लेख छ ।
साथै, अल्पकालीन ब्याजदरहरु घटेको र दीर्घकालीन ब्याजदरहरुसमेत घट्ने क्रममा रहेको बताईएको छ । बाह्य क्षेत्र र तरलतामा आएको सुधारबाट आन्तरिक आर्थिक गतिविधि चलायमान हुँदै जाने अपेक्षा राष्ट्र बैंकको रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस