Like us!
Follow us!
Connect us!
Watch us!

गुगलले गर्न नसकेको काम गर्ने ‘नेपाली स्टार्टअप’ले पायो स्टार्टअप वर्ल्ड कपको ताज

अर्थ संसार

शुक्रबार, २२ असार २०८०, १६ : ३३ मा प्रकाशित

गुगलले गर्न नसकेको काम गर्ने ‘नेपाली स्टार्टअप’ले पायो स्टार्टअप वर्ल्ड कपको ताज

गुगलले गर्न नसकेको काम नेपालमा गर्ने स्टार्टअप गल्ली म्यापले स्टार्टअप वर्ल्ड कप २०२३ नेपालको ताज पाएको छ । बिहिबार सम्पन्न स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा गल्ली म्यापले अरु सबैलाइ पछि पार्दै नेपाल चेम्पियनको ताज जितेको हो । देशभरका स्टार्टअपहरु बीच भएको प्रतिस्पर्धामा टप टेन र प्रदेश तथा नगर तहबाट प्रतिस्पर्धा गरेका ५ जना बीच भएको प्रतिस्पर्धामा गल्ली गल्ली म्याप उत्कृष्ट भएको हो । 

विश्वभरका लगभग १०० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिश्पर्धा नेपालमा स्टार्टअपहब नेपालले आयोजना गरेको हो । अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वर्ल्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअपहब नेपालमार्फत  वल्र्डकप नेपाल भित्र्याएको हो ।

स्टार्टअप हब नेपालले नेपालमा स्टार्टअप वल्र्डकपको आयोजना गर्दै आइरहेको छ । यस पटक गरिएको स्टार्टअप तेस्रो सिजन हो । स्टार्टअप वर्ल्डकप नेपाल एडिसनको उद्धघाटन अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकार स्टार्टअपहरुलाई प्रवद्र्धन गर्न र उनीहरुको इन्नोभेसनमा सपोर्ट गर्न सदा तयार रहेको र यसपाली बजेटमा पनि सम्बोधन गरेको बताए। 

स्टार्टअप वर्ल्डकपका विजयी गल्ली एक्सप्रेसका राजविक्रम महर्जनलाई स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भू पोखरेल र पेगासिस टेक भेन्चरका पार्टनर तथा स्टार्टअप वल्र्डकप नेपाल २०२३ का एम्बेस्डर सिसिलिया लरासातीले अवार्ड हस्तान्तरण गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको