Like us!
Follow us!
Connect us!
Watch us!

म्हैपीमा गोली चल्दा एक घाइते

आइतबार, ०५ कार्तिक २०७४, ११ : २३ मा प्रकाशित

म्हैपीमा गोली चल्दा एक घाइते

अर्थ संसार, काठमाडौँ – स्थानीय म्हैपीमा आज बिहान गोली चल्दा एक जना घाइते भएका छन् ।

बिहान ४ बजेतिर म्हैपी मन्दिर नजिक बाटामा अज्ञात समूहले गोली चलाउँदा गोरखा लाप्राकका कल्याण गुरुङ घाइते भएका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले गुरुङको खुट्टामा गोली लागेको जानकारी दिँदै शंकास्पद एक महिलासहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताउनुभयो ।

घाइते गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको