Like us!
Follow us!
Connect us!
Watch us!

चुनाव सारेर भाडभैलौ मच्चाउने योजना विफल

बुधबार, ०१ कार्तिक २०७४, १४ : ४० मा प्रकाशित

चुनाव सारेर भाडभैलौ मच्चाउने योजना विफल

अर्थ संसार, काठमाडौँ– मतपत्रको विषय जस्तो विषयमा खेलेर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सार्ने प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली काँग्रेसको योजनामा सर्वोच्च अदालतले रोक लगाइदिएको छ ।

काँग्रेस नेताहरुको योजनामा निर्वाचन सार्ने र वाम गठबन्धन भाड्ने लक्ष्यका साथ राजपा नेता सर्वेन्द्रनाथ शुक्लालाई अगाडि सारेर विवाद निम्त्याउन खोजिको थियो । तर सर्वोच्चले आज चुनाव सार्ने खेललाई रोक लगाइदिएको छ ।

सर्वोच्चका न्यायाधीद्वय दिपकराज जोशी र पूरुषोत्तम भण्डारीको संयुक्त इजलाशले अन्तरिम आदेश दिनु नपर्ने फैसला दिएको हो । सो आदेशपछि चुनाव सार्ने सम्पूर्ण षड्यन्त्र असफल भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको