Like us!
Follow us!
Connect us!
Watch us!

तपाईलाई पर्यो नेपाल ग्रामीणको एफपीओ ?

मंगलबार, ३१ असोज २०७४, १० : ३७ मा प्रकाशित

तपाईलाई पर्यो नेपाल ग्रामीणको एफपीओ ?

नतिजाको लागि यहाँ क्लिक गर्नुहोस्

आज बाँडफाँड

अर्थ संसार, काठमाडौं–  नेपाल ग्रामीण विकास बैंकको फर्दर पब्लिक अफरिङ (एफपीओ) बाँडफाँड भएको छ ।आज विहान साढे ८ बजे बिक्री प्रबन्धक प्रभु क्यापिटलबाट एफपीओ बाँडफाँड भएको हो ।

कसलाई कति ?

कम्पनीको सेयरमा आवेदन दिएका दुई लाख ५० हजार ५२५ वैद्य आवेदकमध्ये ९७ हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ता सेयर प्राप्त गरेका छन् ।

कम्पनीले भदौ २७ गतेदेखि ३० गतेसम्म सय रुपैयाँ अंकित मूल्यमा ९ लाख ७५ हजार कित्ता एफपीओ निष्काशन गरेको थियो । जसमा दुई लाख ५० हजार बढी आवेदकले दुई करोड ७५ लाख कित्ता बढीको आवेदन दिएका थिए् ।

हाल कम्पनीको पूँजी ५५ करोड ७५ लाख रुपैयाँ रहेको छ । एफपीओबाट ९ करोड ७५ लाख रुपैयाँ पूँजी थप भएपछि कम्पनीको पूँजी ६५ करोड ५५ लाख रुपैयाँ पुग्नेछ ।

हाल कम्पनीले ५३ जिल्लामा १ सय ९२ वटा कार्यालयहरु स्थापना गरी २ लाख १० हजार ९ सय १२ ग्राहक सदस्य र १ लाख ३६ हजार ५ सय १४ ऋणी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु पु¥याउँदै आएको जनाएको छ ।

नतिजाको लागि यहाँ क्लिक गर्नुहोस्

59e5caf5da4ca.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको