Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएनको अध्यक्षमा लड्ने भए भट्ट र गुरुङ, कसले मार्ला बाजी ?

सोमबार, ३० असोज २०७४, १५ : ४४ मा प्रकाशित

एनआरएनको अध्यक्षमा लड्ने भए भट्ट र गुरुङ, कसले मार्ला बाजी ?

अर्थ संसार, काठमाडौँ– गैरआवासिय नेपाली संघ(एनआरएन)को आगामी नेतृत्वका  लागि अध्यक्षमा भवन भट्ट र जमुना गुरुङको उम्मेदवारी परेको छ ।

निर्वाचन कार्यालयकाअनुसार तोकिएको समयभित्र दुई जनाको मात्रै उम्मेदवारी परेको हो । भट्ट एनआरएनका हाल उपाध्यक्ष हुन् भने गुरुङ वर्तमान अध्यक्ष शेष घलेको श्रीमती हुन् ।

अध्यक्षमा उम्मेदवारी दिने भनेर प्रचार गराएका टिबी कार्कीले अन्तिम समयमा उम्मेदवारी दर्ता गराएनन् । कार्कीले अध्यक्षमा भट्टलाई समर्थन गर्दै आफुले उम्मेदवारी दर्ता नगराएका हुन् ।

निर्वाचन आयोगले प्रकाशित गरेकोे उम्मेदवारहरुको अन्तिम नामावलीमा महासचिव पदमा बद्री केसी, त्रिलोक गुरुङ र अर्जुनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका  छन् । भने महिला उपाध्यक्षमा सपिला राजभण्डारी र सन्जु थापा वाग्लेलेउम्मेदवारी दिएका छन् ।

त्यस्तै, कोषाध्क्षमा हिम्मत थापा र मुछेन्द्र गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।  निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेदेखि ८ बजेसम्मका लागि मतदानको समय तोकिएको छ । विद्युतिय मतदान भएकाले तोकिएको समय अघि नै मतदान सकिने विश्वास गरिएको छ ।

करिब साढे १९ सय मतदाता छन् । मतदान सकिएको १ घन्टा भित्र मतगणना सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । जसअनुसार आज रातिसम्ममा मत परिणाम सार्वजनिक भइसक्ने छ ।

यो पनि पढ्नुहोस्

के होलान ३५ वर्षपछि जलविद्युत आयोजनाहरु ?

राष्ट्र बैंकले किन उठाउँदैछ ६१ अर्ब आन्तरिक ऋण ?

विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन स्थापना गर्दै प्राधिकरण 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको