Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मीपूजाको दिन विद्युत् माग १५५० मेगावाट पुग्ने

आइतबार, २९ असोज २०७४, १३ : ५४ मा प्रकाशित

लक्ष्मीपूजाको दिन विद्युत् माग १५५० मेगावाट पुग्ने

अर्थ संसार, काठमाडौं – आगामी लक्ष्मीपूजाको दिन विद्युत् माग १ हजार ५५० मेगावाट पुग्ने अनुमान गरिएको छ ।
 
गत वर्षको तुलनामा १०० मेगावाट विद्युत् बढी माग भई उक्त बिन्दुमा पुग्ने नेपाल विद्युत् प्राधिकरणले अनुमान छ ।
 
गत वर्ष लक्ष्मीपूजाको दिनदेखि नै लोडसेडिङ अन्त्य गरेको प्राधिकरणले यस पटक थप १०० मेगावाट बढी माग हुने विद्युत् व्यवस्थापनका लागि समेत आवश्यक तयारी गरिरहेको छ ।
 
 
प्रसारण र अन्य प्राविधिक समस्याले केही स्थानमा विद्युत् उपलब्ध हुन नसके मात्रै तर अन्य कुनै पनि स्थानमा भने समस्या नआउने केन्द्रको विश्वास छ ।
 
प्राधिकरणले थप विद्युत् उपलब्ध गराउन लागि कालीगण्डकी, मध्यमस्र्याङदी, कुलेखानी विद्युत् गृह पनि चलाउनेछ । हाल कुलेखानी  विद्युत् गृह चलाइएको छैन । यस्तै विभिन्न नाका भएर भारतबाट ४०० मेगावाट विद्युत् आयात गरिनेछ ।
 
आन्तरिक रुपमा निजी तथा प्राधिकरणका सबै आयोजनालाई पूर्ण क्षमतामा चलाउने तयारी गरिएको छ । यस्तै १४ मेगावा क्षमताको हैटौडाको डिजेल प्लान्ट समेत चलाइनेछ ।
 
कतै पनि असुविधा नहोस् भनेर सम्पूर्ण तयारी गरिएको केन्द्रको भनाइ छ ।

यो पनि पढ्नुहोस्

सरकारी जागिर खाने अवसर, नेपाल वायुसेवा निगमले माग्यो १०६ जना कर्मचारी (विज्ञापनसहित) 

नागवेली लद्युवित्त विकास बैंकले दिने भयो ४८ प्रतिशत बोनस 

वोमी माइक्रोफाइनान्सले २१.०५२ प्रतिशत लाभांश दिने

विजय लद्युवित्त वित्तिध्य संस्थाले १५ प्रतिशत लाभांश दिने 

छिमेकी लद्युवित्त विकास बैंकले २५.११प्रतिशत लाभांश दिने 

सूर्यदय लद्युवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने

किसान माइक्रोफाइनान्सले दिने भयो २६.३२ लाभांश 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको