Like us!
Follow us!
Connect us!
Watch us!

चुलाचुली गाउँपालिकाको बजेट २३ करोड

शनिबार, २८ असोज २०७४, १५ : २९ मा प्रकाशित

चुलाचुली गाउँपालिकाको बजेट २३ करोड

अर्थ संसार, इलाम– चुलाचुली गाउँपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ का लागि कुल रु २३ करोड ५३ लाख ५१ हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

पूँजीगत खर्चतर्फ रु १२ करोड ६६ लाख ७८ हजार ६०० छुट्याइएको छ । त्यस्तै चालु खर्चतर्फ रु तीन करोड ४० लाख ३५ हजार ५०० तथा विषयगत तथा अनुदानतर्फ रु सात करोड ४६ लाख ३७ हजार छुट्याइएको छ ।

गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य, सहकारी, महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी जनजाति तथा दलित समुदाय लक्षित कार्यक्रमलाई मुख्य प्राथमिकता दिएको छ ।

वडा नम्बर १ मा बहुभाषिक पाठशाला निर्माणलाई मुख्य कार्यक्रमका रूपमा राखेको छ । वडा नम्बर ४ को बालज्योति माविमा प्राविधिक शिक्षा सञ्चालन गर्ने पनि कार्यक्रममा उल्लेख छ । गाउँपालिकाले विद्युत् नपुगेका सबै क्षेत्रमा विद्युत् विस्तार गर्नेदेखि सडक निर्माण तथा खोला तटबन्धनलाई पनि प्राथमिकतामा राखेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको