Like us!
Follow us!
Connect us!
Watch us!

आफू माइकमा छु भन्ने थाहा नपाएपछि प्रधानमन्त्री देउवाको बेइज्जत !

शुक्रबार, २७ असोज २०७४, १५ : ५१ मा प्रकाशित

आफू  माइकमा छु भन्ने थाहा नपाएपछि प्रधानमन्त्री देउवाको बेइज्जत !

अर्थ संसार, काठमाडौं– कहिले भाषणको कागज भनेर जनताले बुझाएको ज्ञापनपत्र पढ्ने त कहिले भाषणमै नभएको विषय बोलेर विवादमा तानिएका प्रधानमन्त्री शेर बहादुर देउवा शुक्रबार पनि लापरबाहीका कारण हाँसोका पात्र बनेका छन् । प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा देउवाको व्यवहारबाट प्रहरी अधिकारीहरु चकित भए ।

६२ औं प्रहरी दिवस मनाउन प्रहरीले देउवालाई प्रमुख अतिथिको रुमपा बोलाएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने पालो आएपछि उनी पोडिममा गए । देउवाले छेउमा रहेका व्यक्तिलाई सोधे यो भाषण कसले लेखेको हो । देउवा आफु माइकमा छु भन्ने थाहा पाएनन् । जसकारण कार्यक्रममा रहेका सबैले सुने । उनको हुस्सुपन देखेर प्रहरी अधिकारीहरुले हाँसो रोक्न सकेनन् ।

यो घटनाले प्रधानमन्त्रीको सचिवालय कति अस्तव्यस्त छ भन्ने पनि प्रष्ट हुन्छ । किनकी कार्यक्रममा जानुअघि त्यसबारे कसैसँग सल्लाह समेत गरेका थिएनन् ।

कसले भाषण लेख्छ भन्ने पनि उनी मतलब गर्देनन् । ‘यस्ता व्यक्तिले कसरी देश चलाइरहेका होलान्,’ प्रहरी अधिकारीहरु व्यंग्य गर्दै थिए । देउवा यसअघि पनि नराम्रोसँग सार्वजनिक कार्यक्रममा चिप्लिएका छन् ।

दुई महिनाअघि बाढीपीडितलाई भेटन सप्तरी गएका उनले भाषण भन्ठानेर जनताले बुझाएको ज्ञापनपत्र  पढेका थिए । गत महिना भारत भ्रमणका क्रममा पनि उनी भाषणमा चिप्लिएर संविधान संशोधनको विषयमा अनाबश्यक बोलेका थिए । राम्रो टिम नहुँदा देउवा यसरी विवादमा फस्ने गरेको छन् ।

59e091f204f66.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको