Like us!
Follow us!
Connect us!
Watch us!

कैदीले गरे रक्तदान

विहीबार, २६ असोज २०७४, १७ : १८ मा प्रकाशित

कैदीले गरे रक्तदान

अर्थ संसार, धादिङ – प्रहरी दिवसको अवसर पारेर जिल्ला कारागार धादिङका कैदी बन्दीहरुले पहिलो पटक  रक्तदान गरेका छन् ।

जिल्ला अस्पताल धादिङमा रगतको अभाव भई रहने र सामान्य सल्यक्रियाको समयमा समेत रगत नपाईने भए पछि प्रहरीले रक्दान कार्यक्रमकोे आयोजना गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङले ६२ औं प्रहरी दिवसको पूर्व सन्ध्या पारेर आज धादिङमा आयोजना गरेको  सो रक्तदान कार्यक्रममा   कारागार धादिङमा सात महिला सहति  ५२ जना कैदी बन्दिले रक्दान गरेको छन् ।

‘रक्त दान भनेको जिवन दान हो ’ भन्दै उनिहरुले स्वत स्फुर्त रुपमा नै रक्त दान गर्न  माग गरेपछि जिल्ला प्रहरी कार्यालय धादिङले कारागारमा नै गई कार्यक्रमको  आयोजना गरेको थियो ।

 विभिन्न अभियोग लागेर बन्दी जीवन विताई रहेको भए पनि  रगतको अभावका कारण धेरैले ज्यान गुमाउनु पर्ने अवस्था भएको भन्दै आफूहरुले कारागारबाट संकलन गरेर पठाईएको रगतले धेरैको ज्यान बच्न सक्ने रक्दानमा सहभागी बन्दिहरुको भनाई छ ।

धादिङ जिल्ला अस्पतालमा पनि  रगतको अभाव भई रहने भएका कारण यसरी संकलित रगतले अब भने केही समयसम्म काम गर्ने जिल्ला अस्पतालको भनाई छ ।

आजै प्रहरीले दिवसको पुर्व सन्ध्या पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा  प्रहरी, धादिङका स्थानीयहरु र कैदी बन्दि गरी एक सय पचास जनाले  रक्तदान गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको