आइतबार, ०५ कार्तिक २०७४, २१ : १६
नेप्से र कारोबार दुवैमा सुधार
बिहिबार, २६ असोज २०७४

अर्थ संसार, काठमाडौं– साताको अन्तिम दिन आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । हिजोको तुलामा आज नेप्से र कारोबारमा सुधार आएको छ । 

आज ४.०३ अंकले बढेको बजारमा ४० करोड, ४८ लाख ६ सय १ रुपैयाँको कारोबार भएको छ । यस दिन बैंक २.०१ अंक, टे«डिङ ०.२५ अंक र अन्य ३०.०७ अंकले बढेको छ ।

यता होटल ४.०८ अंक, विकास बैंक ५.४२ अंक, हाइड्रोपावर ७.०३ अंक फाइनान्स ३.१३ अंक र इन्स्योरेन्स २१.८ अंकले घटेको छ ।  जम्मा १ सय ५४ वटा कम्पनीको ८ लाख ९९ हजार ३ सय ३६ कित्ता सेयर खरिदविक्री भएको छ ।

© Arthasansar.com 2016, All Rights Reserved