Like us!
Follow us!
Connect us!
Watch us!

८०.७१ प्रतिशत लाभांश घोषणा गरेको निर्धन उत्थान कस्तो छ ? एक विश्लेषण

विहीबार, २६ असोज २०७४, ०८ : ०९ मा प्रकाशित

८०.७१ प्रतिशत लाभांश घोषणा गरेको निर्धन उत्थान कस्तो छ ?  एक विश्लेषण

आव २०७३/७४ को चौथो त्रैमासको वित्तीय विवरणअनुसार निर्धन उत्थान बैङ्कले रू.५८ करोड ३४ लाख नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४४ दशमलव ७३ प्रतिशतले बढी हो ।

खुद ब्याज आम्दानी २९ प्रतिशत र सञ्चालन नाफा ४४ प्रतिशतले बढेकाले नाफा बढेको हो । सोही अवधिमा कम्पनीको चुक्तापूँजी रू.६० करोड रहेको छ । रिर्जभ कोषमा रू.१ अर्व २२ करोड रकम छुट्याएको छ भने कम्पनीको लगानी रू.५८ करोड २९ लाख रहेको छ ।

कम्पनीले सम्भावित जोखिम बापतको ब्यवस्थामा रू.२ करोड ४१ लाख छुट्याएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ३१ प्रतिशत रहेको छ । साथै, कम्पनीले ८० दशमलव ७१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सो मध्ये ६६ दशमलव ६७ प्रतिशत बोनस शेयर र १४ दशमलव शून्य ४ प्रतिशत नगद लाभांश रहेको छ । सो निर्णय कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितीको बैठकले गरेको हो ।  

वर्गिकरण : लघुवित्त
पछिल्लो व्यापार मूल्यः रू. २३२७
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. २६८०
५२ हप्ताको न्यून व्यापार मूल्यः  रू. १०११
१८० दिनको औषत व्यापार मूल्य : रू. २१७५.५०

कम्पनीका महत्वपूर्ण अनुपात :-

व्यवस्थापन समूह :
अध्यक्ष : गणेश बहादुर थापा
प्रमुख कार्यकारी अधिकृत : जनार्दन देव पन्त
प्रधान कार्यालय : नक्साल, काठमाडौं
शाखा : १७८
वेबसाइट : www.nirdhan.com
स्टक टिकर : एनयुबिएल

बैङ्कका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा ) :-

महत्वपूर्ण अनुपात :-

लाभांश विवरण :-

आधारभूत विश्लेषण :-
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७३/७४ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :

  • चुक्तापूँजीको तुलनामा खुद नाफा ६७ दशमलव १८ प्रतिशतबाट बढेर ९७ दशमलव २४ प्रतिशतमा पुगेको छ  ।

  • चौथो त्रैमाससम्ममा कम्पनीले रू. ६ अर्व २३ करोड निक्षेप संकलन गरी रू.१२ अर्व ३२ करोड कर्जा प्रवाह गरेको छ ।

  • खुद ब्याज आम्दानी रू.१ अर्व ४१ करोड, कर्मचारी खर्च रू.५९ करोड ७२ लाख, अन्य सञ्चालन खर्च रू.११ करोड २५ लाख र सञ्चालन नाफा रू.८९ करोड ८५ लाख पुगको छ ।

  • स्थिर सम्पत्ती ५ दशमलव ७८ प्रतिशतले घटेर रू. १९ करोड  ६६ लाखमा सिमित भएकोे छ भने अन्य सम्पत्ती ७४ दशमलव ५६ प्रतिशतले बढेर रू. ९२ करोड ९४ लाख पुगेकोे छ ।

  • पूँजीकोष लागत ९ दशमलव शून्य ७ प्रतिशत र पूँजीकोष प्रयाप्तता १२ दशमलव ८० प्रतिशत रहेको छ ।

  • बैङ्कको चौथोे त्रैमासको वित्तीय विवरण अनुसार तरलता अनुपात २५ दशमलब १७, मूल्य आम्दानी अनुपात २१ दशमलव ४३, प्रति शेयर आम्दानी ९७ दशमलव २३ र प्रतिशेयर नेटवर्थ रू. ३ सय ३ दशमलव ९५ छ । बुधवारको शेयर मूल्य नेटवर्थको साढे ७ गुणा छ ।

प्रावधिक विश्लेषण :-

  • खरीद चाप : कम्पनीको बुधवार भएको शेयर कारोवारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप साढे २ गुणा बढी भएको छ । सो अवधिसम्म २ हजार १ सय २५ कित्ता शेयर खरीद  र ७ सय ९५ कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।  

  • बुधवार भएको शेयर कारोबार विवरण :

मैनवत्ति चित्र :-

     १२ जुलाई २०१७                          ११ अक्टोवर २०१७

स्ट्याण्डर्ड डेभिएसन :-

          १२ जुलाई २०१७                          ११ अक्टोवर २०१७

आरएसआई :-

         १२ जुलाई २०१७                          ११ अक्टोवर २०१७

मुभिङ् एभरेज :-

        १२ जुलाई २०१७                          ११ अक्टोवर २०१७

  • मैनबत्ति बिश्लेषण : कम्पनीको ५४ दिनको कारोवार अवधिको अन्तिम कालो ओपनिङ मारोबोजु आकृती बनेको छ । यस आकृतीले आगामी दिनमा शेयर मूल्य घट्ने सङ्केत देखाउँछ ।

  • आरएसआई : कम्पनीको ५४ दिनको कारोवारमा आरएसआई न्युट्रल जोन ४९ दशमलव ९५ स्केलमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएसन : कम्पनीको ५४ दिनको कारोवारमा स्ट्याण्डर्ड डेभिएसन २९ दशमलव शून्य ४ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

  • मुभिङ एभरेज : कम्पनीको ५४ दिनको कारोवारमा २६  दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिदैँ गएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा  र २६ दिने मूल्य रेखा भन्दा तल छ ।  हालको मूल्य रू. २ हजार ३ सय २७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. २ हजार २ सय ७३ मा टेवा पाउने सङ्केत देखिन्छ भने मूल्य महङ्गिएमा रू. २ हजार ३ सय ६० मा प्रतिरोध पाउन सक्छ  ।  अभियानबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको