Like us!
Follow us!
Connect us!
Watch us!

तिहारको मुखमा जावलाखेलमा पुष्प प्रदर्शनी हुने

बुधबार, २५ असोज २०७४, १२ : १९ मा प्रकाशित

तिहारको मुखमा जावलाखेलमा पुष्प प्रदर्शनी  हुने

अर्थ संसार, काठमाडौं– काठमाडौँ  फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा दीपावलीको अवसरमा ललितपुरको जावलाखेलमा ११औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी मेला हुने भएको छ ।

यही असोज २७ गतेदेखि २९ गतेसम्म जावलाखेलको खेल मैदानमा सञ्चालन हुने मेलामा पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा तथा पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा अन्तक्र्रिया समेत हुनेछ ।

यहाँ मंगलबार आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले पुष्प व्यवसायीले उत्पादन गरेका फूललाई आम जनमानसलाई देखाउन र गुणस्तरीय फूलको व्यापार गर्नका लागि यो प्रदर्शनी गर्न लागेको जानकारी दिनुभयो ।

प्रतियोगितात्मक प्रदर्शनीमा गोदावरी फूल स्पाईडर, मिनियचर, इन्क्रर्भ र रिफ्लेक्सलाई प्रतिस्पर्धामा सहभागी गराउनका लागि तीन वटा छुट्टै स्टल राखिनेछ ।

नेपालका लागि आवश्यक फूल नेपालमै उत्पादन गर्न सकियोस् तथा नेपाली फूलको बजार व्यापक विस्तार गर्न सकियोस् भन्ने यस मेलाको उद्देश्य रहेको आयोजकले जनाएका छन् ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नारा रहेको मेलामा व्यावसायिक स्टल ४४ वटा, सूचनामूलक स्टल तीन वटा, प्रतिस्पर्धात्मक तीनवटा गरी जम्मा ५० स्टल रहनेछन् ।

59ddbca1da369.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको