Like us!
Follow us!
Connect us!
Watch us!

एक सय एमभीएको ट्रान्सफर्मर राखेर टनकपुरबाट थप ३५ मेगावाट विद्युत् ल्याउँदै प्राधिकरण

बुधबार, २५ असोज २०७४, ११ : ०७ मा प्रकाशित

एक सय एमभीएको ट्रान्सफर्मर राखेर टनकपुरबाट थप ३५ मेगावाट विद्युत् ल्याउँदै प्राधिकरण

अर्थ संसार,  काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदको विद्युत् माग सम्बोधन गर्नका लागि टनकपुर नाकाबाट थप ७० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको छ ।

ढल्केबरको ठेक्का सम्झौता तोडिएपछि प्राधिकरण नयाँ विकल्पमा जान थालेको हो । सो नाकाबाट विद्युत् आयातका लागि प्राधिकरणले प्रक्रिया अगाडि बढाउने तयारी गरेको प्राधिकरणले तयारी गरेको जनाएको छ ।

गत वर्ष सो नाकाबाट ३५ मेगावाट विद्युत् आयात गरेको थियो । हाल ५० एमभीएको ट्रान्सफर्मरबाट विद्युत् आयात भइरहेकोमा सो स्थानमा १०० एमभीएको ट्रान्सफर्मर राखेर थप ३५ मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको छ ।

ढल्केबरमा सवस्टशेन निर्माण भएको भए सो स्थानबाट २०० मेगावाट विद्युत् आयात गर्न सकिने थियो । तर चिनियाँ ठेकेदारले सधै हैरानी मात्रै दिने काम नगर्ने भएपछि प्राधिकरणले गत असोज ६ गते ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रिया सुरु गर्न लागेको छ ।

टनकपुरबाट थप विद्युत् आयातका लागि यसै अक्टोबर महिनामा बस्ने नेपाल भारत सचिव स्तरीय बैठकबाट समेत स्वीकृति प्रदान गर्ने तयारीमा प्राधिकरण रहेको छ ।

अघिल्लो सचिवस्तरीय बैठकले समेत सो नाकाबाट विद्युत् आयातका लागि सहमति प्रदान गरेको थियो । तर ढल्केबरबाटै विद्युत् आयात हुने भएपछि टनकपुरको विषयले प्राथमिकता पाउन सकेको थिएन ।

टनकपुरबाट आयात हुने कुल ७० मेगावाट विद्युत् बुटवलको शिवपुर सवस्टेशनसम्म आइपुग्ने र चमेलियाको विद्युत् समेत राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएकाले पश्चिम क्षेत्रको लोड व्यवस्थापन गर्न सहज हुने प्राधिकरणको दावी छ ।

तर ढल्केबरबाट थप विद्युत् नआउँदा अन्य स्थानमा लोड व्यवस्थापनका लागि भने प्राधिकरणले थप चुनौती मोल्नुपर्ने देखिन्छ ।

59ddab1ac0ed2.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको