Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इक्वीटी फण्डको १२ करोड इकाइको बिक्री आजदेखि

बुधबार, २५ असोज २०७४, ११ : ०० मा प्रकाशित

सिद्धार्थ इक्वीटी फण्डको १२ करोड इकाइको बिक्री आजदेखि

अर्थ संसार, काठमाडौँ– सिद्धार्थ इक्वीटी फण्डको १२ करोड इकाइको बिक्री आजदेखि सुरु हुने भएको छ ।

प्रतिइकाई मूल्य १० रुपैयाँ तोकिएको उक्त फण्ड मध्ये १ करोड ८० लाख वा कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत कोष प्रवद्र्धक कम्पनी सिदार्थ बेंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी १० करोड २० लाख इकाइ बिक्री गरिने सिद्धार्थ क्यापिटलले जनाएको छ ।

आजदेखि सुरु भएको उक्त फण्डको कारोबार छिटोमा असोज २९ गतेसम्म  ढिलोमा कात्तिक ८ गतेसम्म हुनेछ ।

इक्रा नेपालले ग्रेड थ्रीमा रेटिङ गरेको उक्त फण्डमा आवेदन गर्न चाहनेले नयूनतम १०० इकाइ खरिद गर्न सक्नेछन् ।

59dda9ef5a454.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको