Like us!
Follow us!
Connect us!
Watch us!

विकास खर्च नबढाएको भन्दै अर्थमन्त्री आगो, तीन प्रतिशत मात्रै खर्च

बुधबार, २५ असोज २०७४, १० : ४९ मा प्रकाशित

विकास खर्च नबढाएको भन्दै अर्थमन्त्री आगो, तीन प्रतिशत मात्रै खर्च

अर्थ संसार, काठमाडौँ– विकास खर्च असाध्यै कम भएपछि सरकार अप्ठ्यारोमा परेको छ । विकास खर्चमा आएको शिथिलतापछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकासे मन्त्रालयका सचिवहरुलाई बोलाएर कडा निर्देशन दिएका छन् ।

मंगलबार आयोजना गरिएको बैठकमा अर्थमन्त्री कार्कीले विकास खर्च किन नभएको हो, किन त्यस्तो भयो, मन्त्रालयले किन ध्यान नदिएको भन्दै आपत्ति मात्रै जननाएन् , विकास खर्च नगरे, थप पैसा दिन समेत नसक्ने भन्दै मन्त्रालयका सचिवहरुलाई कडा कारवाही गर्ने चेतावनी समेत दिए । उनले तत्काल विकास खर्च बढाउन बढाउन निर्देशन समेत दिएका छन् ।

चालु आर्थिक वर्षको वजेट कार्यान्वयन द्वैमासिक समीक्षा बैठकमा बोल्दै अर्थमन्त्री कार्कीले वजेट कार्यान्वयनमा दृढताका साथ लाग्न निर्देशन दिएका छन् । विकास खर्च हालसम्म ३ प्रतिशत मात्र भएको छ । सो असाध्यै न्यून हो । बजेट कार्यान्वयन सुरु भएको गत साउन १ गतेबाटै बजेटको अख्तियारी दिइएको थियो । जेठ १५ गते बजेट आएको थियो ।

मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको बैठकमा बोल्दै मन्त्री कार्कीले पुँजिगत खर्च हुन नसक्ने ठुलो समस्या रहेको भन्दै आजैदेखि कार्ययोजना मुताविक विकास निर्माणका कार्यक्रम प्रभावकारी रुपले सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

सोधभर्ना लिनुपर्ने रकम फरफारक गरी वित्तीय कुशलता देखाउने दिशामा अग्रसरता लिन साथै पुँजिगत खर्च बढाउन, वित्तीय अनुशासन कायम गर्न, आफ्ना आयोजना कार्यक्रमको नियमित नियमन अनुगमन गरी आर्थिक तथा वित्तीय प्रभावकारीता बढाउन निर्देशन दिएका थिए ।

सो अवसरमा अर्थसचिव शान्तराज सुवेदीले वजेट कार्यान्वयन कार्यतालिका वमोजिम कार्य सम्पन्न गर्न र लक्षित कार्यक्रमभन्दा बाहिरबाट गैरवजेटरी खर्च माग गर्ने प्रवृति वढिरहेकोले आफ्ना स्वीकृत कार्यक्रम कार्यान्वयनमा ध्यान दिनु सुझाए ।

राजस्वसचिव शिशीरकुमार ढुङ्गानाले वजेटमा उल्लेखित कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न र आयोजनाहरु समयमै सम्पन्न गर्न कार्यान्वयनमा समस्या देखिएमा समस्या समाधानका लागि मन्त्रालय सधै सकारात्मक रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

छलफलमा विभिन्न मन्त्रालयका सचिवहरुले वजेट कार्यान्वयनको सिलसिलामा स्थानीय स्तरमा जनशक्तिको न्यूनताले समस्या सृजना भएको जानकारी गराएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको